२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बलात्कार मुद्दामा महरालाई उच्च अदालतबाट पनि सफाइ



फाईल फोटो
अ+ अ-

काठमाडौं । पूर्वसभामुख कृष्णबहादुर महराले बलात्कार मुद्दामा उच्च अदालत पाटनबाट सफाइ पाएका छन्।

न्यायाधीश माधव पोखरेल र विमल सुवेदीको इजलासले काठमाडौं जिल्ला अदालतकै फैसला सदर हुने गरी मंगलबार फैसला गरेको हो । 

काठमाडौं जिल्ला अदालतबाट न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको थियो।

२०७५ असोज १२ गते राति महरा आएर पहिले रक्सी खाएको त्यसपछि बलात्कार प्रयास गरेको भन्दै संसद सचिवालयकी कर्मचारी रोशनी शाहीले प्रहरीलाई भनेकी थिइन्। त्यसपछि महराले सभामुखबाट राजीनामा दिएका थिए ।