२५ आश्विन २०८१, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकमा एलेक्सले बनाए राष्ट्रिय कीर्तिमान



अ+ अ-

काठमाडौं । जापानमा जारी टोकियो ओलम्पिक २०२० मा स्वीमङमा  एलेक्जेन्डर गाडेगार्ड  शाह (एलेक्स)ले १०० मिटर फ्रि(स्टाइलमा राष्ट्रिय कीर्तिमान बनाएका छन् ।

एलेक्सले १०० मिटरको दूरी ५३.४१ सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेको ५५.३८ सेकेन्डको कीर्तिमान भंग गरेका हुन् ।

हिट्(१ मा अन्य ६ खेलाडीसँगै प्रतिस्पर्धा गरेका एलेक्सले प्रथम स्थान हासिल गरेका थिए । यद्यपि, अन्य हिटमा रहेका उत्कृष्ट खेलाडीले उनीभन्दा राम्रो समयको नतिजा निकालेसँगै एलेक्सको सेमिफाइनल प्रवेशको सम्भावनामा भने पूर्णविराम लागेको छ । 

हिट वानमा उनीसँगै भुटान, कोसोभो, माल्दिभ्स, सोलोमोन आइल्याण्ड, गुयना र प्यालेस्टिाइनका खेलाडी छन् ।  पौडीबाट प्रतिस्पर्धा गर्ने अर्की नेपाली खेलाडी गौरिका सिंहले बुधबार प्रतिस्पर्धा गर्दैछिन् ।