७ असार २०८३, आईतवार
,
Latest
मानव अधिकार रक्षकको सुरक्षा सुनिश्चित गर्न कोक्यापको माग सुकुम्बासी चिउरा खान नपाएर मरिरहेका छन्, हामीलाई बेइजिङको जस्तो हाइवे बनाउनुपरेको छः डा. लिली थापा साइबर बुलिङले घटनाको निष्पक्ष छानविन गर्न डराउनुपर्ने अवस्था छः डा. लिली थापा प्रधानमन्त्री बालेन शाहको टोली लटौली स्याङ्चुअरी रिसोर्टमा बस्ने बानेश्वरकाे निजामती अस्पतालमा ६ महिनादेखि ‘सिटी स्क्यान’ सेवा ठप्प रास्वपाको प्रथम महाधिवेशन: निर्वाचन तालिका सार्वजनिक, मतदान असार ९ गते हुने फोहोर व्यवस्थापनका लागि उपयुक्त स्थानको अभाव रास्वपाको प्रथम महाधिवेशनले सौराहा–भरतपुरका होटल भरिभराउ रास्वपा महाधिवेशनमा सहभागी हुन चितवन पुगे सभापति थापा कैलालीमा राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम किसानलाई प्रविधिसँगै जोड्दै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सैंबु, मगरगाउँमा मगर स्तम्भ निर्माण



अ+ अ-

ललितपुरः ललितपुर महानगरपालिका वडा १८ मा रहेको ऐतिहासिक मगरगाउँमा स्थानीय मगर समुदायको सक्रियतामा मगर स्तम्भ निर्माण गरिएको छ ।

स्तम्भले मगर समुदायको ऐतिहासिक तथ्यलाई समेटेको छ । उक्त स्तम्भ जलविनायक मगर गुठीले निर्माण गरी मगरगाउँ पिपलबोट चोकमा स्थापना गरिएको छ ।

नेपाल एकीकरणको सिलसिलामा सन् १७६९ मा पृथ्वी नारायण शाहले काठमाडौं उपत्यका विजय गरेपछि रणनैतिक दृष्टिकोणले काठमाडौं उपत्यकालाई अन्य राज्यहरुको आक्रमणबाट जोगाउन एकीकरण अभियानमा उनलाई महत्वपूर्ण सहयोग गरेका साहसी र बहादुर मगर जातिलाई उपत्यका छिर्ने गौंडा कुर्न उपत्यकाका विभिन्न स्थानहरुमा जग्गा दिई बसोबास गराएको स्तम्भमा लेखिएको छ ।

साथै, गोरखा जिल्ला पिपलथोक थातथलोका जगजजित थापा मगरको नाउँमा ५०० रोपनी जग्गा लालमोहर लगयाई सैंबु, मगरगाउँमा बसाइएको इतिहास छ ।

मगर स्तम्भको वडा नं. १८ का वडा अध्यक्ष दामोदर खड्काले बिहीबार एक समारोहबीच अनावरण गर्नुभयो । त्यस अवसरमा उहाँले मगर स्तम्भले इतिहासलाई चिनाउने काम गरेको र यसबाट समुदायले नै गर्वको अनुभूति गरेको छ भन्नुभयो ।

गुठीका अध्यक्ष एवं स्तम्भ निर्माण समितिका संयोजक शंकर थापा मगरले यहाँका मगर समुदायको पहिचान मेटिने अवस्था सिर्जना भएपछि गुठीले आफ्नै खर्चमा स्तम्भ निर्माण गरेको बताउनुभयो । उहाँले स्तम्भ निर्माणमा सहयोग गर्ने सबैप्रति कृतज्ञता ज्ञापन गर्नुभयो ।

गुठीका कोषाध्यक्ष रबिन्द्र थापा मगर र सल्लाहकार नरेश थापा मगरले मगर स्तम्भ निर्माण गर्ने सोच १०–११ वर्षदेखि आएको भए पनि अहिले त्यो सार्थक भएकामा प्रसन्नता व्यक्त गर्नुभयो । सल्लाहकार नरेश थापा मगरले पृथ्वी नारायण शाहका पालामा एक दुई घर भए पनि अहिले यस गाउँमा ५१ घरपरिवार मगर पुगिसकेको बताउनुभयो ।

त्यस अवसरमा मगर समुदायबाट विद्यावारिधि गरेका डा मधुसुदन थापा मगरलाई सम्मान गरिएको थियो ।