२८ भाद्र २०८३, आईतवार
,
Latest
जिप दुर्घटना अपडेडः मृतकको पहिचान खुल्यो प्रतिगामी कदम लामो समय टिक्न सक्दैनः ओली १२ दिनपछि कृष्णभीरमा ट्रायलका रूपमा एकतर्फी यातायात सञ्चालन, असोज १ बाट नियमित सञ्चालनको लक्ष्य स्रोत नखुलेको १३ लाख ७५ हजारसहित हुण्डी कारोबारमा युवक पक्राउ बदलिँदो जनसांख्यिक संरचनालाई समाजवादको आधार बनाउनुपर्नेमा विज्ञहरूको जोड कृष्णभीरबाट सवारीसाधन आवागमनको परीक्षण सफल, सडक पूर्ण सञ्चालनको तयारी तीव्र हरिओम र निरजको जोडीलाई ब्याडमिन्टनको उपाधि कृष्णभीरमा ग्यास बुलेट र हेभी सवारीका लागि सडक खुलाउने तयारी नास्टलाई राजनीतिक हस्तक्षेपमुक्त गरी वित्तीय स्वायत्तता प्रदान गर्न नयाँ ऐन निर्माणको गृहकार्यमा सरकार प्राचीन नागेश्वर मन्दिरअघि वर्षात्ले जम्मा गरेको माटोले प्रवेशमा समस्या
तपाईं के खोज्दै हुनुहुन्छ ?

टोकियो ओलम्पिकः बिहानको सत्रमै अस्ट्रेलियालाई तीन स्वर्ण



अ+ अ-

काठमाडौं । टोकियो ओलम्पिकको बुधवारको खेल जारी रहँदा बिहान  नै ११ स्वर्ण पदकको  टुङ्गो लागेको छ  । बिहान टुङ्गो लागेको ११ मध्य अस्ट्रेलियाले तीन स्वर्ण पदक हात पारेको छ । 

रोइङको महिला डबल्स स्कल्समा रोमानीयाले  स्वर्ण, न्युजील्यान्डले  रजत तथा नेदरल्यान्डले कांस्य पदक पाए । यसै गरी, पुरुषको स्पर्धामा फ्रान्सले स्वर्ण, नेदरल्यान्डले रजत तथा चीनले कांस्य पदक जिते । 

फोर फाइनलको महिलामा अस्ट्रेलियाले स्वर्ण, नेदरल्यान्डले रजत तथा आयरल्यान्डले कांस्य पदक जिते  यसैको पुरुष स्पर्धामा अस्ट्रेलियाले स्वर्ण, रोमानीयाले  रजत तथा इटालीले कांस्य पदक जिते । यसैको पुरुष स्पर्धामा अस्ट्रेलियाले स्वर्ण, रोमानीयाले रजत तथा इटालीले कांस्य पदक जिते । 

क्वार्डल्सको पुरुषमा नेदरल्यान्डले  स्वर्ण, बेलायतले रजत तथा अस्ट्रेलियाले कांस्य पदक जिते । यसैको महिला स्पर्धामा चीनले स्वर्ण, पोल्यान्डले  रजत तथा अस्ट्रेलियाले कांस्य पदक जिते । 

पौडीकी महिला २०० मिटर फ्रिस्टाइलमा अस्ट्रेलियाकी एरियन टिटमसले स्वर्ण पदक जितिन् । हंगकंगकी सिमानो आउजीले रजत तथा क्यानडाकी पेनी ओलस्काले कांस्य पदक जिते । 

पुरुष २०० मिटर बटरफ्लाइमा हंगेरीका क्रिस्टोफर मिलाकले स्वर्ण, जापानका टोमारु हन्डाले रजत तथा इटालीका फेबड्रको बार्डुसिओले कांस्य पदक जिते । 

महिला २०० मिटर मेड्लीमा जापानकी याही युहासीले स्वर्ण, अमेरिकाकी एलेक्स वाल्सले  रजत तथा  अमेरिकाकै क्याटी डगलसले कांस्य पदक जिते । याहुसीले ४ सय मिटरमा पनि स्वर्ण  पदक जितेकी थिइन् । 

महिला १५०० मिटर फ्रिस्टाइलमा अमेरिकाकी केटी लेडेकीले स्वर्ण  पदक जितिन् । यसै गरी, अमेरिकाकै एरिका सुलेभानले रजत तथा जर्मनीकी सारहना कोहलरले कांस्य पदक जिते । 

पुरुष ४गुणा २ सय मिटर फ्रिस्टाइलमा बेलायतले स्वर्ण पदक जितेको छ । यसै गरी, रुस ओलम्पिक कमिटीले रजत तथा अस्ट्रेलियाले कांस्य पदक जिते ।