२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी भरिन्न: गोकुल बास्कोटा



अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य गोकुल बास्कोटाले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाललाई कटाक्ष गर्दै अर्काको खेतमा मलजल गरेर आफ्नो भकारी नभरिने बताउनुभएको छ ।

सामाजिक सञ्जाल फेसबुकमा उहाँले हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बामपन्थी एकता भंग गरेर गठबन्धनमा गएका ती दुई पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा ल्याएको सिटलाई लिएर कटाक्ष गर्नुभएको हो ।

उहाँले नेपालमा बामपन्थी पार्टीहरुमा बाम एकताको स्वर हराउन थालेको भन्दै कही जनमत र केही हर्कतबाट नेपाली कांग्रेस ठूलो भइसकेको बताउनुभयो ।

अघिल्लो निर्वाचनमा बाम गठबन्धनले झण्डै दुई तिहाई सिट ल्याएको अवस्थामा अहिले माओवादी केन्द्र र एकीकृत समाजवादीले कांग्रेससँग गठबन्धन गर्दा ती दुई पार्टीको सिट संख्या घटेको मात्र नभई स्वयं नेकपा ९एमाले० को पनि सिट घटेको छ ।

नेता बास्कोटाले कांग्रेसलाई सहयोग गर्दा आफैँलाई घाटा भएको तर्फ संकेत गर्नुभएको हो । एकीकृत समाजवादी त थ्रेस होल्डसम्म कटाउन नसकेर राष्ट्रिय दलको मान्यता पाउनबाट विमुख भएको छ ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, “कुनै समय फुटबलमा रोचक मानिएको स्पेनको टिकीटाका स्टायल हराए जस्तै नेपालका बामपन्थी पार्टीहरुमा बाम एकताका स्वर पनि हराउन थाल्या छन। कहीँ जनमत र केही हर्कतबाट कांग्रेस ठूलो भै सक्यो।अर्काको खेतमा मलजल र गोडमेल गर्ने अनि आफ्नो भकारी भरिएन भनेर गुनासो गर्ने गनगने प्रवृत्ति काम छैन।”