९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

सुकुम्बासी समस्या: बालेनको काममा मेरै पूर्ण समर्थन छ, रामकुमारी झाँक्री

सुकुम्बासी समस्या: बालेनको काममा मेरै पूर्ण समर्थन छ, रामकुमारी झाँक्री
अ अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) की सचिव एवं पूर्वशहरी विकासमन्त्री रामकुमारी झाँक्रीले काठमाडौँको थापाथलीस्थित बागमती नदी किनारमा रहेको सुकुम्बासी बस्ती हटाउन काठमाडौँ महानगरप्रमुख बालेन शाहले चालेको कदमको समर्थन गर्नुभएको छ ।

हाम्रा सभ्यता विकासका रुपमा रहेका नदी किनारहरु अतिक्रमणमा परेको भन्दै उहाँले यी सबै अतिक्रमणमा माथिल्लो तहको राजनीति, प्रशासन र अदालतसमेको कहीँ न कहीँ संरक्षण रहेको देखिएको बताउनुभयो ।

सामाजिक सञ्जाल फेसबुकमा नेत्री झाँक्रीले लामो टिप्पणी पोस्ट गर्दै भन्नुभएको छ, “एकातिर बागमती नदी, यसका सहायक र उपसहायक नदीहरूको संरक्षण गर्न भनेर अधिकार सम्पन्न बागमती एकीकृत सभ्यता विकास समिति गठन गरेर सरकारले यिनै क्षेत्रमा काम गरिरहेको छ। तर अर्को तिर यस्तो अतिक्रमणलाई राजनीति संरक्षण पनि दिइएको छ।”

आफू शहरी विकासमन्त्री हुँदा अतिक्रमित क्षेत्र मुक्त गर्न सार्वजनिक ठाउँमा बनाएका घर टहरा हटाउने अभियान सुरू गरेको जानकारी गराउँदै उहाँले थापाथलीका सुकुम्बासीका लागि अर्को व्यवस्था नहुन्जेलसम्म ईचंगुमा करिब ३०० परिवारका लागि अपार्टमेन्ट शहरी विकास मन्त्रालयले बनाएको तर त्यहाँ लक्षित वर्गहरू जान नचाहेको बताउनुभयो ।

उहाँले कामपा प्रमुख शाहलाई थापाथलीमा नक्सा पास नगरी बनाएका पक्की घर र बत्ती पानी जोड्न दिएको नक्कली लालपुर्जाधारीलाई धारीलाई पनि तत्काल छानविन गरी कारबाही अगाडी बढाउन सुझाव दिनुभएको छ ।

उहाँले पोस्ट गर्नुभएको टिप्पणी यस्तो छ ः

संसारमा मानव सभ्यताको विकास नै नदी किनाराबाट भएको हो। हाम्रा सभ्यता विकासका रूपमा रहेका नदी किनारहरू अतिक्रमणमा परेका छन्। यस्तो अतिक्रमण तीन प्रकारका मान्छेहरूबाट हुँदै आएको छः

१) नदीका किनारा, घाटहरू, ढुंगेधारा र त्यस वरपरका चौरहरू, मन्दिर परिसरका जग्गा भूमाफियाहरूले आफ्नो नाममा दर्ता गरेका छन्।

२) बाँकी यस्तै जग्गा सुकुम्बासीको नाममा कब्जा गरेका छन्।

३) विभिन्न धार्मिक प्रयोजनका भजनमण्डली, पूजा गृह, किरियापुत्री भवन, ॐ शान्ति, सत्य साई, रविशंकर आदिको नाममा रिटायर्ड कर्मचारी, व्यापारी आदिले कब्जा गरेका छन्।

यी सबै अतिक्रमणमा माथिल्लो तहको राजनीति, प्रशासन र अदालत समेतको कहीँ न कहीँ संरक्षण रहेको देखिन्छ।

एकातिर बागमती नदी, यसका सहायक र उपसहायक नदीहरूको संरक्षण गर्न भनेर अधिकार सम्मन्न बागमती एकीकृत सभ्यता विकास समिति गठन गरेर सरकारले यिनै क्षेत्रमा काम गरिरहेको छ। तर अर्कोतिर यस्तो अतिक्रमणलाई राजनीति संरक्षण पनि दिइएको छ।

म शहरी विकासमन्त्री हुँदा अतिक्रमित क्षेत्र मुक्त गर्न सार्वजनिक ठाउँमा बनाएका घर टहरा हटाउने अभियान सुरू गरेको थिएँ। साथै थापाथलीका सुकुम्बासीको लागि अर्को व्यवस्था नहुन्जेलसम्म ईचंगुमा करिब ३०० परिवारका लागि अपार्टमेन्ट शहरी विकाश मन्त्रालयले बनाएको छ तर त्यहाँ लक्षित वर्गहरू जान चाहेनन्। यो समस्या दीर्घकालीनरुपमा समाधान होस् भनेर मैले सुकुम्बासी र केही विज्ञहरू समेत रहनेगरी समिति बनाएँ। शहरी गरीब र अव्यवस्थित बसोबासीको लागि भनेर उनीहरूको समेत कुनै न कुनै प्रकारको साझेदारीमा संयुक्त आवासको नीति लिएको थियो। चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममा यो समावेश गरिएको छ। मेरो लागि काम गर्ने समय पनि पुगेन।

हाल बालेनजीको टिमले यो विषयमा जे गरिरहेको छ त्यसमा मेरो पुरापुर साथ र समर्थन छ। बालेन जी कामनपा वडा ११ को थापाथलीमा नक्सा पास नगरी बनाएका पक्की घर र बत्ती पानी जोड्न दिएको नक्कली लालपुर्जाधारीलाई पनि तत्काल छानविन गरी कारबाही अगाडि बढाउनुपर्छ।

एडीबीको ऋण सहायतामा लामो समय देखि बीआरबीआईपी परियोजनाको कार्यक्रम चालु छ। तर सरकारले लामो समयदेखि राईट अफ वे क्लियर गर्न नसकेर आयोजना क्रोनिक भएको थियो। टाईम र कष्टको ओभर रन भएको थियो। यसले राज्यको असिमित दायित्व सिर्जना गरेको छ। त्यसैले यो परियोजनाको निरन्तरता र प्रभावकारी कार्यन्वयनका लागि मेरो पालामा नै अतिक्रमण हटाउने अभियान सुरू गरेका थियौँ। अबका दिनमा अधिकार सम्पन्न बागमती, उपत्यका विकास प्राधिकरण र महानगर पालिकाले यो बेला मिलेर एउटै निसाना बनाएर काम गरौँ। मेरो साथ छँदैछ। आवश्यक समन्वय पनि मैले गर्ने नै छु।