२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

अर्थतन्त्र तुलनात्मकरुपमा सहज अवस्थामा छ: गभर्नर अधिकारी(भिडियोसहित)



फाईल तस्बिर
अ+ अ-

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र अहिले तुलनात्मकरुपमा सहज अवस्थामा रहेको बताउनुभएको छ । आर्थिक पत्रकार समाज (सेजन) को २६ औँ वार्षिकोत्सवका अवसरमा बिहीबार आयोजित कार्यक्रममा उहाँले गत वर्षभर नेपालको अर्थतन्त्रले तीव्र दबाब झेल्नुपरे पनि अहिले सहज हुँदै गएको बताउनुभयो ।

पछिल्लो तीन महिनामा शोधनान्तर बचतमा गएकाले पनि अर्थतन्त्र कठिन अवस्थाबाट माथि उक्लिन थालेको उहाँको भनाइ थियो । यद्यपि उहाँले अझै पनि केही समस्या रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार आन्तरिक कारणले मात्र नभई बाह्य कारणले पनि केही समस्या रहेको हो ।

चालु पूँजी कर्जा कार्यविधिको प्रावधानप्रति भइरहेको विरोधमा केन्द्रीय बैंक खुला बहस गर्न तयार रहेको भन्दै गभर्नर अधिकारीले भन्नुभयो, “हामी खुला बहस गर्न तयार छौँ तर हामी सबै नियमभित्र बस्नुपर्यो भन्ने हाम्रो भनाइ हो ।”

रेमिटेन्समा निर्भर अर्थतन्त्रलाई सुधार गर्न जरुरी रहेको उहाँको भनाइ थियो । आयातलाई रोक्दा राजस्वमा असर परेको भन्दै उहाँले तर सधैँ आयातलाई रोक्न नसकिने उल्लेख गर्नुभयो ।