५ भाद्र २०८३, शुक्रबार
,
Latest
गरिमालाई न्याय माग्दै माइतीघरमा प्रदर्शन-फोटो फिचर खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

समूह उपविजेता बन्दै सेनेगल विश्वकपको नकआउट चरणमा



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत सेनेगल समूह ए को उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

खलिफा रंगशालामा मंगलबार समूहको अन्तिम तथा निर्णायक खेलमा इक्वेडरलाई २–१ ले पराजित गर्दै सेनेगलले अन्तिम १६ मा स्थान पक्का गरेको हो ।

इस्माएला सारले खेलको ४४ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै सेनेगललाई अग्रता दिलाएका थिए । दोस्रो हाफको ६८ औं मिनेटमा इक्वेडरका मोइसेस काइसेडोले गोल गर्दै खेललाई बराबरीमा ल्याए ।

७० औं मिनेटम कालिडोउ कौलीबालीले गोल गर्दै सेनेगललाई २–१ को अग्रता दिलाए । त्यसपछि थप गोल हुन सकेन र सेनेगल विजयी बन्यो ।

यस समूहबाट अपराजित रहँदै नेदरल्यान्ड्स समूह विजेताको बन्दै नकआउट चरणमा प्रवेश गर्यो । उसले ३ खेलमा ७ अंक जोड्यो । सेनेगल ३ खेलमा २ जितसहित ६ अंक जोड्दै समूहको दोस्रो स्थानमा रह्यो । इक्वेडर ४ अंकसहित तेस्रो स्थानमा रहँदा आयोजक कतार भने अंकबिहिन बन्दै पुछारमा रह्यो ।