२६ जेष्ठ २०८३, मंगलवार
,
Latest
राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा विपक्षी दलको अवरोधपछि प्रतिनिधि सभा बैठक बुधबारसम्म स्थगित प्रधानमन्त्रीको विवादास्पद अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गर्दै अध्यक्ष राईद्वारा सङ्कल्प प्रस्ताव पेश सभामुखद्वारा संसदमा ५ मिनेट मौनधारणप्रति आपत्ति, ‘सभाको मर्यादा उल्लंघन भएको’ टिप्पणी अर्थमन्त्री वाग्लेले करकाे दर मनलाग्दी संशोधन गरेको सांसद थेवेकाे दाबी प्रधानमन्त्रीको अभिव्यक्तिबाट देशको छवि बिग्रिएको कांग्रेस सचेतक राईको दाबी कर प्रणाली सुधार, सहकारी संकट समाधान र रेमिट्यान्स निर्भरता घटाउन बजेटले ध्यान दिन सकेनः सारू सरकारले सुशासनका राम्रा अभ्यास गरेको छः यादव रास्वपा मधेश प्रदेश अधिवेशनका सम्पूर्ण गतिविधि अर्को सूचना नआएसम्म स्थगित प्रतिनिधिसभा बैठक सुरू, विपक्षी दलको अवरोध कायमै
तपाईं के खोज्दै हुनुहुन्छ ?

इंग्ल्यान्ड समूह विजेता बन्दै विश्वकपको नकआउट चरणमा प्रवेश



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप अन्तर्गत इंग्ल्यान्ड समूह बी बाट समूह विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राति अहमद बिन अली रंगशालामा वेल्सलाई ३–० गोलले हराउँदै इंग्ल्यान्ड समूहको शीर्ष स्थानमा रहेर नकआउट चरणमा प्रवेश गरेको हो । इंग्ल्यान्डका जित दिलाउन मार्कस रासफर्डले २ र फिल फोडेनले १ गोेल गरे ।

खेलको ५० अ‍ौं मिनेटमा रासफर्डले फ्रिकिकबाट सिधै गोल गरेका थिए । त्यसको लगत्तै इंग्ल्यान्डले दोस्रो गोल थप्यो । फिल फोडेनले ५१ औं मिनेटमा गोल गर्दै अग्रता २–० बनाए । ६८ अ‍ौं मिनेटमा रासफर्डले व्यक्तिगत दोस्रो गोल गरे ।

अपराजित इंग्ल्यान्डले ३ खेलमा २ जित र १ बराबरीका साथ ७ अंक जोड्यो । अमेरिका ५ अंकसहित उपविजेता भएर नकआउट चरणमा पुग्यो । ३ अंक जोडेको इरान र १ अंक जोडेको वेल्स समूह चरणबाटै बाहिरिए ।




भर्खरै