२१ मंसिर २०८२, आईतवार
,
Latest
‘जेनजी’ प्रदर्शनका छुट घाइतेलाई परिचयपत्रका लागि सम्पर्कमा आउन सरकारको आग्रह ‘जेनजी’ आन्दोलनका अगुवाहरूले राखेका विषयमा सरकार सकारात्मक छः मन्त्री अर्याल ‘विभेदको भारी बोकेर क्याविन क्रु मेम्बरहरुले प्रभावकारी काम गर्न सक्दैनन्’ रसुवागढी विद्युत् गृह पुनः सञ्चालनमा सरकारले समयमै निर्वाचन गर्नेलगायत तीन कार्यभारसहित काम गरिरहेको छः अर्थमन्त्री खनाल हेटौँडा बजारको घरटहरा थप भत्काउने कार्य स्थगित ‘जेरी अन टप’ ले पार गर्यो ५१औँ दिन महिला भलिबल प्रतियोगिताको उपाधि पुलिसलाई मेलमिलाप विवाद समाधानको उपयुक्त विधि होः मुख्य न्यायाधीश कुँवर शिभालीले ग्राण्डस्लाम अष्ट्रेलियन ओपन खेल्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोट खसालेपछि जनताको काम सकिन्छ, जनप्रतिनिधिको काम सुरु हुन्छ– रवि लामिछाने



अ+ अ-

काठमाडौँ । नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले भोट खसालेपछि जनताको काम सकिन्छ र जनप्रतिनिधिको काम सुरु हुने बताउनुभएको छ ।

नेपाल विद्युत् प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङसँगको भेटपछि सामाजिक सञ्जाल फेसबुकमार्फत सोमबार उहाँले मतदानपछि जनताको काम सकिने र जनप्रतिनिधिको काम सुरु हुने भन्दै आफूले बुझेको राजनीति यही भएको बताउनुभयो ।

घिसिङसँगको भेटपछि उहाँले चितवन निर्वाचन क्षेत्र नं २ को इच्छामनकामना गाउँपालिकाको वडा नं २, ३, ४, ५, ६ र ७ का विद्युत् नपुगेका स्थानमा यही मंसिर महिनाभित्र क्रमशः टेन्डर आह्वान गरी विद्युत् लाइन विस्तार हुने जानकारी दिनुभएको छ । सो निर्वाचन क्षेत्रबाट उहाँ प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको हो ।

उहाँले भन्नुभएको छ, “आज विद्युत् प्रधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङज्यु सँग तत्काल विद्युत् लाइन विस्तार गर्न छलफल भएको छ । अब छिटोभन्दा छिटो मेरो निर्वाचन क्षेत्रका नागरिकले टुकी बाल्नु पर्ने अवस्थाको अन्त्य हुनेछ ।”

चितवनका किसानले वर्षौंदेखि भोगेको रासायनिक मलको अभाव अन्त्यका लागि आज कृषि सामग्री कम्पनी लिमिटेड पुगेर मल आयातको अवस्था, भण्डारण र वितरणको अवस्था निरीक्षण गरेको जानकारी दिँदै राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका लामिछानेले दुवै भेटघाट निकै फलदायी बनेको बताउनुभयो ।

उहाँका अनुसार कालिका नगरपालिकाको विद्युत् नपुगेको पहाडी भेगमा पनि अब तत्काल विद्युत् विस्तार हुनेछ ।

उहाँले भन्नुभएको छ, “केन्द्रिय राजनीतिको हालको परिस्थितिलाई हामी नजिकबाट नियाली रहेका छौँ। निर्वाचनको पूर्ण नतिजा आएपछि निर्णयमा पुग्छौँ। हामीलाई जनताले के गर्न भनेर भोट दिएका हुन् भन्ने हेक्का हामीलाई छ, धैर्य गरौँ।

राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ कुल सात स्थानमा विजयी हासिल गरेको छ । त्यस्तै उसले हाल कूल ९७ लाख २२ हजार मतगणना हुँदा सो पार्टीले १० लाख ८३ हजार मत पाइसकेको छ । थ्रेसहोल्ड कटाइसकेको सो पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भइसकेको छ ।