२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक खेल अगाबै पोर्चुगल नकआउटमा



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’ को पोर्चुगल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति लुसाएल रंगशालामा उरुग्वेलाई २–० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलका लागि दुबै गोल ब्रुनो फर्नान्डेजले गरे । उनले खेलको ५४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेल सकिनै लाग्दा ९०(३ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए ।

जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ ‌। लगातार दोस्रो जित निकालेको यो टोली ६ अंक सहित नकआउट चरणमा प्रवेश गरेको छ ।

घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १–१ अंक छ । अब अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेको सामना गर्नेछ ।