५ भाद्र २०८३, शुक्रबार
,
Latest
खहरेमा बगेकी सुमित्राको शव राप्ती किनारमा भेटियो पर्वतीय पर्यटनले खोल्दैछ अर्थतन्त्रको नयाँ ढोका युवा जनसंख्याको अवसरसँगै वृद्ध समाजको चुनौतीतर्फ नेपालः युएनएफपिए नेपाल अब ‘दुई ढुङ्गाबीचको तरुल’ मात्र होइन, दुई छिमेकी जोड्ने ‘गतिशील पुल’ बन्नुपर्छः परराष्ट्रमन्त्री खनाल जापानिज इन्सेफ्लाइटिसबाट झापामा छ जनाको मृत्यु आज आतङ्कवादका पीडितको सम्झना र सम्मान गर्ने अन्तर्राष्ट्रिय दिवस पहिरोको जोखिममा रहेका ११५ जनालाई सुरक्षित स्थानमा सारियो एघार महिनामा पाकेको गहुँ साइत जुराएर भित्र्याउँछन् चुमभ्यालीका किसान रास्वपा केन्द्रीय समिति बैठक बस्दै, पदाधिकारी र विभाग प्रमुख चयन हुँदै यस्तो छ आज कालीमाटीमा  कृषिउपजको थोक मूल्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक खेल अगाबै पोर्चुगल नकआउटमा



अ+ अ-

काठमाडौँ । कतारमा जारी फिफा विश्वकप फुटबल अन्तर्गत समूह ‘एच’ को पोर्चुगल लगातार दोस्रो जितका साथ नकआउट चरणमा प्रवेश गरेको छ ।

गएराति लुसाएल रंगशालामा उरुग्वेलाई २–० ले पराजित गर्दै पोर्चुगल एक खेल बाँकी रहँदै नकआउट चरणमा पुगेको हो ।

पोर्चुगलका लागि दुबै गोल ब्रुनो फर्नान्डेजले गरे । उनले खेलको ५४ औं मिनेटमा पहिलो गोल गरेका थिए भने खेल सकिनै लाग्दा ९०(३ मिनेटमा पेनाल्टीमार्फत दोस्रो गोल गरेका थिए ।

जितसँगै पोर्चुगल समूहको शीर्ष स्थानमा उक्लिएको छ ‌। लगातार दोस्रो जित निकालेको यो टोली ६ अंक सहित नकआउट चरणमा प्रवेश गरेको छ ।

घानाको ३ अंक छ भने उरुग्वे र दक्षिण कोरियाको १–१ अंक छ । अब अन्तिम खेलमा पोर्चुगलले दक्षिण कोरिया र घानाले उरुग्वेको सामना गर्नेछ ।