९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

सुदूरपश्चिम प्रदेशको लगातार चौथो जित

सुदूरपश्चिम प्रदेशको लगातार चौथो जित
अ अ+ अ-

काठमाडौँ । प्रदेश १ माथि सोमवार २ सय १३ रनको फराकिलो जित निकाल्दा सुदूरपश्चिम प्रदेशले राजधानीमा जारी वाई वाई यु–१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लागातार चौथो जितलाई निरन्तरता दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्व विद्यालयको मैदानमा सम्पन्न खेलमा सुदूरपश्चिम प्रदेशले दिएको २ सय ६५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा प्रदेश नम्बर १ ले १६.३ ओभरमा सबै विकेट गुमाएर मात्र ५१ रन जोड्न सक्यो । प्रदेश नम्बर १ का लागि भुपाल दंगालले सर्वाधिक १० रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंकको स्कोर गर्न सकेनन् भने सुदूरपश्चिम प्रदेशले १६ रन खर्चिएको थियो । प्रदेश १ लाई सस्तैमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका हेमन्त धामीले सर्वाधिक ५ विकेट निकाल्दा आकाश चन्दले ३ तथा मिलन बोहोराले २ विकेट आफ्नो नाममा लेखाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले कप्तान अनुराग सिंह र मिलन बोहोराको अर्धशतकीय इनिङको सहयोगमा २ सय ६४ रनको योगफल बनाएको थियो । पूरै ५० ओभर खेलेको सुदूरपश्चिमले ९ विकेट गुमाउन पुगेको थियो । अर्धशतकीय पारी खेलेका कप्तान अनुरागले व्यक्तिगत ८३ रन बनाउँदा मिलनले ६४ रनको व्यक्तिगत स्कोर बनाएका थिए । यस बाहेक दीपक बोहोराले ३२ रनको योगदान गर्दा गजेन्द्र बोहोराले २४ रन बनाए । बलिङतर्फ प्रदेश १ का अभिनय राजवंशीले सर्वाधिक ४ विकेट निकाले । यस्तै आशिस खरेल र दिपेश कँडेलले समान २÷२ विकेट आफ्नो नाममा लेखाए ।

यस जितसँगै सुदूरपश्चिम प्रदेशले ४ खेलबाट स्पष्ट जित हात पार्दै तालिकामा ८ अंक बनाएको छ । सुदूरपश्चिम तालिकाको शीर्ष स्थानमा अटाउँदा पराजित प्रदेश १ को ३ खेलबाट २ अंक छ ।

प्रतियोगिता अन्तर्गत सोमवार नै मुलपानीमा भएको अर्को खेलमा लुम्बिनी प्रदेशले गण्डकी प्रदेशलाई ४ विकेट हरायो । ओसिलो मैदानका कारण खेल ४० ओभरमा घटाइएको थियो । गण्डकीले ३६.३ ओभरमा सबै विकेट गुमाएर लुम्बिनीलाई १ सय ६२ रनको लक्ष्य दिएको थियो । लक्ष्य पछ्याएको लुम्बिनीले पूरै ४० ओभर सकिन ४ बल बाँकी रहँदा भेटाउन सफल रह्यो । लुम्बिनीका लागि विशाल भुषाले अविजित ५२ रनको पारी खेले । ओपनर आकाश त्रिपाठीले ४५ रनको व्यक्तिगत स्कोर बनाउँदा विकेटकिपर प्रज्वल थापाले २४, अर्का ओपनर देव खनालले १५ रनको योगदान गरे । बलिङतर्फ गण्डकीका किरण भट्टराई र सुदीप अर्यालले समान २/२ विकेट लिए । यस्तै सुवास भण्डारी र निर्तेश गिरीले समान १/१ पाए ।

यसअघि टस जितेर पहिला ब्याटिङ गरेको गण्डकीले प्रदेशकालागि सुदीप अर्यालले सर्वाधिक ३६ रनको पारी खेल्दा दीपक डुम्रले ३०, करण पंगेनीले २९ तथा गोविन्द बिकले १० रनको व्यक्तिगत स्कोर बनाए । यस्तै शिशिर भुषाल १२ रनमा अविजित रहे । बलिङतर्फ दुर्गेश गुप्ताले सर्वाधिक ५ विकेट निकाले । यस्तै निर्मल गुरुङले ३ तथा नर शार्की र तुलबहादुर थापाले समान १/१ विकेट हात पारे ।

प्रतियोगितामा मंगलवार कीर्तिपुर मैदानमा वागमती र कर्णाली प्रदेशबीच प्रतिष्पर्धा हुँदा मुलपानी मैदानमा मधेस प्रदेश र प्रदेश १ बीच खेल हुनेछ ।