२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
निजी क्षेत्र बिना १० वर्षमा ३० हजार मेगावाट बिजुली उत्पादनको लक्ष्य पूरा गर्न असम्भवः गणेश… कानून बनाएर मात्र न्यायधीशहरूको सम्पत्ति छानविन गरिनुपर्छ,नत्र प्रत्युत्पादक हुन्छः पूर्वप्रधानन्यायाधीश पराजुली प्रतिनिधिसभा सदस्य निर्वाचनलाई विश्वले अध्ययन गर्न लायक थियोः पूर्वप्रधानमन्त्री कार्की जनतासँगको सम्बन्ध पुनः मजबुत बनाउन आत्मसमीक्षा आवश्यक छ: महासचिव पोखरेल घट्यो सुनचाँदीको मूल्य वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य छः नेता आङदेम्बे लोकतन्त्रमा पदसोपानभन्दा कार्यक्षमता र सिर्जनशीलता मुख्य विषयः पूर्वमन्त्री अर्याल दैनिक १० कार्यालयमा छड्के अनुगमन, ६ हजार ७१० कर्मचारीले कार्यालय समय पालना नगरेको खुलासा काठमाडौँ उपत्यकाका अस्पतालमा स्वास्थ्य सेवा अनुगमन सुरु कीर्तिपुर होल्डिङ सेन्टरमा भेषराज दर्जीको निधनपछि अध्यक्ष घिसिङले उठाए सरकारको जिम्मेवारीमाथि प्रश्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजेन्द्रले ब्युँत्याएको राप्रपा



अ+ अ-

काठमाडौँ । अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा दयनीय बनेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) यस पटकको निर्वाचनमा सुखद अनुभूति गर्ने अवस्थामा पुगेको छ ।

२०७४ सालको निर्वाचनमा झापा निर्वाचन क्षेत्र नं ३ बाट मात्र निर्वाचित भएको राप्रपाले २०७९ को निर्वाचनमा सानदार नतिजा ल्याएको छ । अघिल्लो निर्वाचनमा पार्टी अध्यक्ष (त्यतिबेला होइन) राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका प्रभावशाली नेता कृष्णप्रसाद सिटौलालाई पराजित गरेका थिए ।

ताजा मत परिणामअनुसार राप्रपाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ ७ सिटमा विजय हासिल गरिसकेको छ । अघिल्लो निर्वाचनमा समानुपातिकतर्फ आवश्यक थ्रेसहोल्ड पुर्याउन नसकेर राष्ट्रिय पार्टी बन्न असफल भएको यस पार्टीले जारी निर्वाचनमा अहिलेसम्म ५ लाखको हाराहारीमा मत ल्याइसकेको छ र राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।

समानुपातिकतर्फ पनि करिब ७ देखि ८ सिट आउने अवस्था हुनु राप्रपाका लागि उत्साहजनक नतिजा मान्न सकिन्छ । विशेषतः लिङ्देनले पार्टीको बागडोर सम्हालेपछि राप्रपाप्रति मतदाताको आकर्षण ह्वात्तै बढेको पाइएको छ । उनले राप्रपाको पुरानो पुस्ताको लिगेसीलाई नयाँ पुस्तासँग जोड्दै पार्टीलाई एजेन्डाकेन्द्रित तथा सिद्धान्तनिष्ठ बनाउन कसरत गरे । साथै ‘भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु सरह हो’ भन्दै उनले नेपालको भ्रष्टाचारले विकृत राजनीतिलाई सदाचारको प्रवाह गराइदिए ।

पुरानो नेतृत्वबाट दिक्क भइसकेका कार्यकर्ता र जनता पनि युवा पुस्ताका लिङ्देनको नेतृत्वमा पार्टी अगाडि आएपछि उत्साहित भएका छन् । साथै यसै अवधिमा उनले युवा पुस्ताले रुचाएका ज्ञानेन्द्र शाही र विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्रजस्ता व्यक्तिलाई पार्टीमा भित्र्याएर पार्टीमा नयाँ सञ्चार जगाइदिए ।

त्यस्तै उनले ‘राजसंस्था’ र ‘हिन्दू राष्ट्र’ को एजेन्डालाई अगाडि बढाएर नेपाली राजनीतिमा नयाँ तरङ्ग ल्याइदिएका छन् । अझै पनि नेपाली जनताको एउटा तप्का यी दुई एजेन्डालाई रुचाउने स्थितिमा छन् । पार्टी अध्यक्ष बन्ने होडमा पराजित भएका कमल थापाले राजसंस्थाको एजेन्डा त्यागेपछि यो तप्काको सहानुभूति राजेन्द्रले पाए ।

२०६२/६३ को दोस्रो जनआन्दोलनले राजसंस्थालाई फ्याँकी मुलुकलाई गणतन्त्र बनाएपछि २०६४ सालमा भएको पहिलो संविधानसभा निर्वाचनमा राप्रपाले प्रत्यक्षतर्फ एक सिट पनि जितेको थिएन । उसको समानुपातिकतर्फ ८ सिट आएको थियो ।

त्यस्तै दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फ ३ र समानुपातिकतर्फ १० गरी कूल १३ सिट आएको थियो । तर नयाँ संविधान बनेपछिको २०७४ को संसदीय निर्वाचनमा राप्रपाको स्थिति लाजमर्दो अवस्थामा पुगेको थियो ।

पार्टी अध्यक्ष लिङ्देनले राप्रपालाई रिब्रान्डिङ गरी जारी निर्वाचनमा पार्टीलाई सम्मानजनक स्थितिमा मात्र पुर्याएका छैनन् सरकार गठनमा पनि पार्टीलाई प्रमुख शक्तिका रुपमा उभ्याएका छन् ।

 




भर्खरै