५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा

राप्रपाले हराएका मध्ये तीन जना पूर्वगृहमन्त्री, एक स्थानमा बहालवाला गृहमन्त्रीसँग राप्रपाकै अग्रता

राप्रपाले हराएका मध्ये तीन जना पूर्वगृहमन्त्री, एक स्थानमा बहालवाला गृहमन्त्रीसँग राप्रपाकै अग्रता
अ+ अ-

काठमाडौँ । प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । केही परिणाम सार्वजनिक समेत भइरहेका छन् । यसपटकको निर्वाचनमा केही हेभिवेट नेताहरु पराजित भएका छन् भने केही नयाँ अनुहारले संसद्मा प्रवेश पाउँदैछन् ।

जारी निर्वाचनमा मुलुकको सुरक्षा प्रशासन चलाइसकेका केही नेतासमेत पराजित भएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवारले मुलुकको गृहमन्त्री भइसकेका तीन हेभिवेट अनुहारलाई संसद् ढोकामा प्रवेश गर्न दिएनन् । त्यस्तै एकजना बहालवाला गृहमन्त्री पनि राप्रपाकै उम्मेदवारसँग झिनो मतले पछाडि परेका छन् ।

झापा निर्वाचन क्षेत्र नं ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्वगृहमन्त्री कृष्णप्रसाद सिटौलालाई पराजित गर्नुभयो । लिङ्देनले ४० हजार ६६२ मत प्राप्त गर्दा सिटौलाले ३७ हजार ३८६ मत पाउनुभयो ।

त्यस्तै राप्रपाकै महामन्त्री ध्रुवबहादुर प्रधानसँग नेपाली कांग्रेसकै देवेन्द्रराज कँडेलको लज्जास्पद पराजय भएको छ । नवलपरासी पश्चिम २ बाट निर्वाचित प्रधानले ३४ हजार ७६४ मत ल्याउँदा कँडेलले १९ हजार ५९४ मत मात्र प्राप्त गर्नुभयो । कँडेल पूर्व गृहराज्यमन्त्री हुनुहुन्छ ।

त्यसैगरी मकवानपुर निर्वाचन क्षेत्र नं १ मा राप्रपाका दीपकबहादुर सिंह निर्वाचित हुनुभयो । सो निर्वाचन क्षेत्रमा पूर्वगृहमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष कमल थापा पराजित हुनुभयो । थापा तेस्रो स्थानमा रहँदै पराजित हुनुभएको हो ।

सिंहले २४ हजार १९५ मत पाउँदा थापाले २२ हजार ५९८ मत पाउनुभयो । थापा नेकपा ९एमाले० को निर्वाचन चिह्न सूर्य लिएर उठ्नुभएको थियो । दोस्रो स्थानमा नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ९डिना० ले २२ हजार ८४० मत पाउनुभयो ।

रुपन्देहीको निर्वाचन क्षेत्र नं ३ मा मतगणना जारी छ । प्राप्त पछिल्लो परिणामअनुसार त्यहाँ राप्रपाका दीपक बोहराले २७ हजार ६३१ मतका साथ अग्रता बनाएका छन् । उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार बालकृष्ण खाणले २७ हजार १५८ मत ल्याउनुभएको छ । खाण गृहमन्त्रीसमेत हुनुहुन्छ ।