४ आश्विन २०८३, आईतवार Sunday, September 20, 2026
४ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar स्वास्थ्य सेवाको अस्थायी दरबन्दी स्वीकृत गर्ने मधेस सरकारको निर्णय News Polar भक्तपुर क्यान्सर अस्पतालमा पूर्वाधार अभावले उपचारमा समस्या News Polar भक्तपुरमा अपराधसम्बन्धी १७९ मुद्दा दर्ता News Polar घाइते यादवको शरीरबाट गोली निकालियो News Polar भारतीय सीमा हुँदै महिला शोषणको घटनामा छानबिन अघि बढ्यो News Polar चिमखोला–घ्याँसीखर्क सडक अवरुद्ध News Polar एमाले केन्द्रीय सचिवालय बैठक च्यासलमा सुरु News Polar जटिल प्रसूति समस्या भएका दुई महिलाको रसुवाबाट हवाई उद्धार News Polar अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सोमबारदेखि News Polar एमाले पुनःगठन कार्यदलको एकीकृत प्रतिवेदन तयार गरिँदै News Polar मधेसमा आत्महत्याका घटना बढ्दै News Polar विराजभक्त श्रेष्ठले लिए रास्वपा सचिवालय सदस्यको शपथ News Polar प्रधानन्यायाधीश शर्मा चीन प्रस्थान News Polar ‘ग्रे जोन’ रिपोर्टमा नाम जोडिएकाले जनतालाई स्पष्ट जवाफ दिनुपर्छ : महेश बस्नेत News Polar एमाले कार्यदलको प्रतिवेदनमा अध्यक्षको राजीनामा र नेतृत्वबाट हटाउने विषय छैन–सचिव बस्नेत News Polar एमाले कार्यदलको सर्वसम्मत प्रतिवेदन तयार, नेतृत्व पुनर्गठनको विषय समावेश छैन News Polar सञ्चारकर्मीमाथि ओलीको आक्रोश : ‘माइक ल्याएर मुखमा नघोच्नुस्’ News Polar इरान युद्धको लागत बढ्दै, अमेरिकाको खर्च ४३ अर्ब ६० करोड डलर News Polar बाढी प्रभावितलाई चिनियाँ सहयोग News Polar नेपाली आईटी कम्पनीलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्दै नास–आईटीको स्वीट्जरल्यान्डमा टेक रोडशो

मन्त्रीहरु नै भारतसँग मल किनेर कमिसन खान्छन्: प्रेम सुवाल

मन्त्रीहरु नै भारतसँग मल किनेर कमिसन खान्छन्: प्रेम सुवाल
अ+ अ-

काठमाडौं । नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का सांसद प्रेम सुवालले स्वदेशमै रोजगारी दिनसक्ने कानून निर्माण गर्न आफूले संसदमा आवाज उठाउने बताउनुभएको छ ।

शनिवार भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ का मतदाताहरुलाई धन्यवाद दिन निकालिएको विजयी जुलुसपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले आफ्नो दबाब स्वदेशमै राजगारी सिर्जना गर्ने कानून निर्माणमा रहने बताउनुभएको हो । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट विजयी हुनुभएका उहाँले देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुने कानून निर्माणमा आफू हरक्षण माग गरिरहने बताउनु भयो ।

उहाँले देशमै मलखाद कारखाना खोल्नुपर्ने कुरामा पनि विशेष माग र जोड दिने बताउनु भयो । उहाँले सरकारका मन्त्रीहरु नै भारत सरकारसँग मल किन्ने र कमिसन खाने गरेको आरोप लगाउनु भयो । उहाँले देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउने पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘संसद भनेको कानून बनाउने ठाउँ हो, यदी एउटा कानून राम्रो बनाउन सक्यौँ भने देशभरका मजदुर किसान, काम गरी खाने जनतालाई फाइदा हुन्छ । हाम्रै देशमा हाम्रो छोराछोरीलाई काम दिनुपर्छ भनेर कानून बनायौँ भने हाम्रा युवाहरु अहिले ७०÷८० लाख विभिन्न देशमा सस्तो ज्यामीको रुपमा गइरहेका छन्, उनीहरु जानुपर्दैन । हाम्रै देशमा काम दिनुपर्छ भनेर कानून बनायौँ भने सबैले हाम्रै देशमा काम पाउँछन् । यस्तै आवाज हामीले संसदमा उठाउने हो । हामीले मल कारखाना हाम्रै देशमा खोल्नुपर्छ भनेका छौँ तर मन्त्रीहरु नै भारतसँग किन्ने र पैसा खाने गर्छन् । उनीहरुको काम नै त्यही हो । हाम्रै देशमा निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थाका लागि कानून बनाउन आवाज उठाउनेछौँ ।’

नेता सुवालले भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ बाट नेकपा एमालेका उम्मेदवार नवराज गेलाललाई ३० हजार ७९३ मतान्तरले पराजित गर्दै विजयी हुनुभएको थियो । सुवालले४२ हजार ७१६ मत ल्याउनुभएको थियो भने प्रतिष्पर्धी गेलालले ११ हजार ९६८ मत मात्रै ल्याउनुभएको थियो । भक्तपुर निर्वाचन क्षेत्र नम्बर १ को २ मा नेपाल मजदुर किसान पार्टीकै सुरेन्द्रराज गेसाई विजयी हुनुभएको छ भने १ को १ बाट भने नेपाली काँग्रेसका सुरेश श्रेष्ठ विजयी हुनुभयो ।