२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

महानगरपालीका प्रमुख बालेन शाहको को काठमाडौका सासदलाइ अनुरोध सहकार्य गरेर अघि बढौं



फाईल फोटो
अ+ अ-

काठमाडोै महानगरपालीका प्रमुख बालेन शाहले महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन नब निर्वाचित सांसदहरुलाई आग्रह गर्नुभएको छ । सामाजिक संञ्जाल मार्फत शाहले लेख्नुभएको छ यसका लागि तपाईहरु सबैको साथ आवश्यक हुनेछ ।

तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ ।

उहाँले लेख्नुभएको छ

भर्खर सम्पन्न निर्वाचन सबै उम्मेदवारहरुको कोशिसको सम्मान छ । निर्वाचितहरुलाई बधाई र शुभकामना छ ।

काठमाण्डौँ महानगरपालिका देशकै राजधानी हो । देशभरीका मानिसहरुको प्रत्यक्ष सरोकारका धेरै बिषयहरुमा काठमाण्डौँ महानगर जोडिनु पर्ने अवस्था हुन्छ । काठमाण्डौँ महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्दछ । तर कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरु यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ । खोला किनार व्यवस्थापन , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरुको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ ।

काठमाण्डौँ महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन तपाईहरु सबैको साथ आवश्यक हुनेछ । तपाईहरुसँग सहकार्य गरि काठमाण्डौँ बनाउन हामी आतुर छौँ ।