५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar प्रधानमन्त्री शाहसँग कांग्रेसका नेताहरूको भेट, के भयो कुरा ? News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा

मूलधारको राजनीतिमा ‘युटर्न’ डा राउतको संसद यात्रा

मूलधारको राजनीतिमा ‘युटर्न’ डा राउतको संसद यात्रा
अ+ अ-

सप्तरी । विखण्डनको मुद्दा छाडेर मूलधारको राजनीतिमा फर्किनुभएका जनमत पार्टीका अध्यक्ष डा सिके राउत (चन्द्रकान्त राउत) प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

अघिल्लो सरकारसँग सम्झौता गरी मूलधारको राजनीतिमा युटर्न हुनुभएका डा राउतको पहिलोपटक जनप्रतिनिधिको रुपमा संसद् भवनमा प्रवेश पाउनुभएको हो । डा राउतले जनता समाजवादी पार्टी ९जसपा०का अध्यक्ष उपेन्द्र यादवलाई १८ हजारभन्दा बढी मतान्तरले पराजित गर्दै सप्तरी क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

मतगणनाको अन्तिम परिणामअनुसार डा राउतले ३५ हजार ४२ मतसहित निर्वाचित हुँदा यादवले १६ हजार नौ सय ७९ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिनुभयो । सत्तारुढ पाँच दलीय गठबन्धनका साझा उम्मेदवार लोसपाका नेता जयप्रकाश ठाकुरले भने सात हजार तीन सय ४४ मत मात्र प्राप्त गर्नुभयो । कूल ९५ हजार तीन सय ४४ मतदाता रहेको सो क्षेत्रमा गत आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा ६४ हजार पाँच सय ६० मत खसेको थियो ।

को हुन् डा सिके राउत ?

जनमत पार्टीका अध्यक्ष राउत सप्तरीको महदेवा गाउँपालिकाका स्थायी बासिन्दा हुनुहुन्छ । संयुक्त राज्य अमेरिकाबाट नासाको वैज्ञानिक पेसा छाडेर एक दशकअघि उहाँ नेपाली राजनीतिमा प्रवेश गर्नुभएको हो । बेलायतको क्याम्ब्रिज युनिभर्सिटिबाट विद्यावारिधि गर्नुभएका ४३ वर्षीय डा राउत अमेरिकामा बसेर काम गर्दै आउनुभएको थियो ।

राजनीति गर्ने उद्देश्यले सन् २०११ मा नेपाल फर्किनुभएका डा राउत ‘स्वतन्त्र मधेस’ स्वराजको अभियान बोकेर देशव्यापी सङ्गठन निर्माणमा जुट्नुभएको थियो ।

स्वतन्त्र मधेस गठबन्धन नामक पार्टी स्थापना गरेर छ वर्ष लामो अभियान चलाउनुभएका डा राउत सो क्रममा पटकपटक राज्य विप्लवको मुद्दामा पक्राउ परेर जेलसमेत पर्नुभयो । गत २०७५ साल फागुन २४ मा केपी शर्मा ओली नेतृत्वको तत्कालीन सरकारसँग ११ बुँद्दे सहमति गरेर मूलधारको राजनीतिमा उहाँ सहभागी हुनुभयो ।

त्यसपश्चात् उहाँले स्वतन्त्र मधेस गठबन्धन पार्टी विघटन गरी जनमत पार्टी गठन गर्नुभयो । निरन्तर सङ्गठन विस्तारमा जुट्नुभएका डा राउत सङ्गठनकै बलमा चुनावी मैदानमा उत्रिनुभएको थियो । डा राउत नेतृत्व जनमत पार्टी नेपाली राजनीतिमा यतिबेला नयाँ शक्तिको रुपमा उदाएको देखिन्छ ।

शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास गर्नु प्रमुख लक्ष्य हो: डा राउत

सप्तरीको क्षेत्र नम्बर २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य तथा जनमत पार्टीका अध्यक्ष डा राउतले शिक्षा, स्वास्थ्य, रोजगारी र कृषि क्षेत्रको विकास नै आफ्नो प्रमुख लक्ष्य भएको बताउनुभएको छ ।

राजविराजस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट निर्वाचित भएको प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्नुहुँदै डा राउतले आफ्नो पहिलो एजेण्डा नै शिक्षा, स्वास्थ्य, रोजगारी र किसानको समस्या समाधान गर्नुरहेको बताउनुभयो ।

“मलाई सप्तरीका जनताले यी एजेण्डामा काम गर्नकै लागि जनादेश दिएका छन्”, उहाँले भन्नुभयो, “जनताको विश्वास र भरोसालाई टुट्न दिन्न्, जनादेशलाई शिरमा राखेर काम गर्ने छु ।” आफ्नो पहिलो कार्य योजना नै सरकारी सेवा प्रवाहलाई सरल र प्रभावकारी बनाउने रहेको उहाँको भनाइ थियो ।

सप्तरीलाई सतप्रतिशत शिक्षित जिल्ला बनाउनु, विकराल रहेको कुपोषणलगायतका स्वास्थ्य समस्यालाई समाधान गर्दै सतप्रतिशत जनताको स्वास्थ्यमा सहज पहुँच पु¥याउनु, हरेक परिवारलाई रोजगारीसँग जोड्नु र किसानलाई सहजरुपमा मलखाद्य, बीउबिजन र सिँचाइको व्यवस्था गर्नु आफ्नो एजेण्डा रहेको डा राउतले सुनाउनुभयो । राजनीतिक संस्कृतिको विकास गर्न जनताले आफूमाथि भरोसा गरेर जिताएको उल्लेख गर्र्नुहुँदै डा राउतले आफूलाई मतदान गरेर विजयी बनाउनुभएकोमा मतदातालाई धन्यवादसमेत ज्ञापन गर्नुभयो । रासस