६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar पर्यटन बोर्डको सीईओका लागि पूर्वमन्त्री श्रेष्ठसहित ४२ जनाको आवेदन News Polar इजरायली नागरिक अपहरण भए गाजा सहरका बासिन्दालाई धपाउने इजरायली रक्षामन्त्रीको चेतावनी News Polar इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन News Polar प्रधानमन्त्री शाहलाई कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेद्वारा बिदाइ News Polar गगन सभापति, देउवा सम्मानित नेता बन्नुपर्छ : उपसभापति भुसाल News Polar जेन–जी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने News Polar २०औँ एसियाली खेलकुदः महिला कबड्डीमा नेपाल विजयी News Polar राष्ट्रसंघको महासभामा भाग लिन प्रधानमन्त्री शाह न्युयोर्क प्रस्थान News Polar असोज ९ देखि ११ सम्म भारी वर्षा पूर्वानुमान ,विपद्को पूर्वतयारीमा जुट्न मन्त्रीद्वयको निर्देशन News Polar ‘नेतृत्व परिवर्तनको भाष्य निरर्थक’– महर News Polar एमाले अध्यक्षको प्रतिवेदन र आत्मालोचना व्यवहारमा देखिनुपर्छः गोकुल बाँस्कोटा News Polar नेकपा संयोजन समितिको बैठकः दुई महिने राष्ट्रिय अभियान घोषणा, पार्टी एकताका लागि वार्ता टोली गठन News Polar रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति News Polar भोटेकोशी बाढीमा बेपत्ता सिपाही कुमालको २७ दिनपछि अन्त्येष्टि News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव

मंसिर १५ भित्रमा बहुमतको सरकार बन्छः ओली

मंसिर १५ भित्रमा बहुमतको सरकार बन्छः ओली
अ+ अ-

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले मन परेको पार्टीमा मतदान गर्न आह्वान गर्नुभएको छ ।

अध्यक्ष ओलीले आईतवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको बालकोटस्थित क्षेत्र नं ‘क’ को महेन्द्र शान्ति मा.वि.को मतदान केन्द्रबाट मतदान गर्दै उहाँले निर्वाचनबाट एमालेले बहुमत ल्याउने दाबी गर्नुभयो । अध्यक्ष ओलीले आगामी मंसिर १५ गतेसम्ममा एमालेको बहुमतको सरकार बन्ने र त्यो नभए एमालेसँग साझेदार गरेका दलहरुसँग मिलेर सरकार बनाउने बताउनु भयो । उहाँले केही ठाउँमा बाहेक निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।

उहाँले नेकपा एमालेले बहुमत ल्याउने र बहुमत नआएको खण्डमा एमालेसँग सहकार्य गरेका दलहरुको सरकार बन्ने बताउनु भयो । अध्यक्ष ओलीले अप्रिय घटना भएका ठाउँमा निर्वाचन सुसम्पन्न हुन नसके पुनः मतदान गर्नुपर्ने बताउनु भयो । उहाँले शान्तिपूर्ण रुपमा, निर्वाध रुपमा निर्वाचन सम्पन्न हुनेमा विश्वस्त रहेको बताउनु भयो । उहाँले नयाँ दलहरु राष्ट्रिय पार्टी बन्ने अवस्था नरहेको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो,‘ जनतालाई आम निर्वाचनमा सहभागि हुन आग्रह गर्दछु । म अहिले यत्ति भन्छु, मनपरेको पाटीमा उम्मेदवारलाई भोट हाल्न र मताधिकारप्रयोग गर्न आग्रह गर्दछु । निर्वाचनपछि एमालेले बहुमत ल्याउनेमा म विश्वस्त छु । मंसिर १५ गतेसम्म एमालेको बहुमतको सरकार बन्छ, यदी भएन भने साझेदार गरेका दलहरुसँग सरकारमा सामेल हुन्छौँ ।

निर्वाचनको कार्य भइरहहाँदा विभिन्न स्थानमा अप्रिय घटना भएका छन्, त्यसमा हाम्रो चासो रहेको छ । निर्वाचनको समयमा विभिन्न प्रकारका शक्ति लागेको तथा निर्वाचनको गरिमा बिगार्ने तथा युवालाई आवेगमा ल्याउन खोजिएको छ । छिटफुट अप्रिय घटना भएपनि आम रुपमा राम्रो तरिकाले निर्वाचन भएको छ । साथै अप्रिय घटना भएका ठाउँमा मतदान दोहो¥याएर गर्नुपर्ने हुन्छ ।’

अध्यक्ष ओली झापा ५ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार हुनुहुन्छ । अध्यक्ष ओलीले भोट हाल्नुभएको क्षेत्रमा भने नेकपा एमालेका तर्फबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवराका रुपमा एमाले नेता महेश बस्नेत हुनुहुन्छ ।