२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

चार हजार २०० मिटर उचाइमा रहेको मतदान केन्द्रमा १०३ मतदाता



अ+ अ-

मनाङ । हिमाली जिल्ला मनाङमा मतदानका लागि सबै मतदान केन्द्रमा तयारी पूरा भएको छ । उच्च हिमाली क्षेत्रमा रहेको मतदान केन्द्रमा पनि मतदान केन्द्र तयारी भएको निर्वाचन कार्यालय मनाङले जनाएको छ ।

मुलुककै कम मतदाता रहेको मनाङको सबैभन्दा उचाइमा रहेको मतदान केन्द्र मतदानका लागि तयार भएको जिल्ला निर्वाचन अधिकारी पुष्पराज शर्माले जानकारी दिए । “मनाङको सबैभन्दा बढी उचाइ (४,२०० मिटर)मा रहेको नार गाउँको मतदान केन्द्र मतदानका लागि तयार भएको छ । सम्भवतः नेपालको सबैभन्दा बढी उचाइमा भएको मतदान केन्द्र पनि यही नै होला”, शर्माले भने ।

उनका अनुसार यस मतदान केन्द्रमा कूल एक सय तीन मतदाता रहेका छन् । हिउँपर्ने समय भइसकेकाले उच्च हिमाली क्षेत्रमै मतदान केन्द्र तयार पारिएको उनी बताउँछन् ।

प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले संवेदनशीलताका आधारमा सुरक्षा व्यवस्था गरिएको बताए । “सुरक्षाका सम्पूर्ण व्यवस्थापन कडाइका साथ कार्यान्वयन हुनेगरी गरिएको छ । ढुक्क भएर मतदानमा सहभागी हुन सम्पूर्ण मतदातालाई आग्रह गर्दछु”, उनले भने ।

मनाङको मनाङ ङिस्याङ गाउँपालिकामा तीन हजार छ सय ८७, चामे गाउँपालिकामा सात सय ७७, नार्पाभूमि गाउँपालिकामा चार सय ६८ र नासों गाउँपालिकामा तीन हजार छ सय ४७ मतदाता रहेका छन् ।

प्रदेश (१)मा चामे गाउँपालिका र नासों गाउँपालिका पर्दछ । प्रदेश (१)मा दुई हजार छ सय २४ र प्रदेश (२) मा चार हजार एक सय ५५ गरी कूल छ हजार सात सय ७९ मतदाता रहेको जिल्ला निर्वाचन कार्यालय मनाङले जनाएको छ ।