२० मंसिर २०८२, शनिबार
,
Latest
नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते काठमाडौँ उपत्यकाका नदीलाई सफा राख्न सरकारले आवश्यक काम गरिरहेको छः मन्त्री घिसिङ अन्तिम समयमा गोल खाँदा आर्सनल एस्टन भिल्लासँग पराजित कार्यविधिमा मुक्तकमलरीसम्बन्धी छुटेका विषय सम्बोधन गर्नेछौँँ: मुख्यमन्त्री शाह
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्रिवि क्रिकेट मैदानबाटै सट्टेबाज पक्राउ



फाईल फोटो
अ+ अ-

काठमाडौँ । नेपाल र संयुक्त अरब इमिरेट्स (युएई) बीचको तेस्रो एक दिवसीय क्रिकेट खेलका क्रममा त्रिवि क्रिकेट मैदानबाटै केही सट्टेबाज पक्राउ परेका छन् ।

खेलमा बल टु बल सट्टेबाजी गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सो विषयमा प्रहरीले अनुसन्धानसमेत गरिरहेको बताइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले उनीहरुलाई शुक्रबार पक्राउ गरेको हो ।

प्रहरीका अनुसार क्रिक इन्फो र टेलिभिजन प्रत्यक्ष प्रसारणमा कम्तिमा पनि तीन सेकेण्ड ढिलो हुँदा त्यसको फाइदा लिन मैदानमै बसेर बल टु बल एपको माध्यमबाट सट्टेबाजी गरेको हुनसक्छ ।

प्रहरीले पक्राउ पर्ने धेरै रहेको र उनीहरुको संलग्नताबारे अनुसन्धान गरेर निर्दोष देखिएकालाई छोडिने बताएको छ । प्रहरीले पक्राउ पर्नेको साथबाट मोबाइल फोन र नगद बरामद गरेको बताइएको छ । प्रहरीले पहिलो एक दिवसीय खेलबाटै उनीहरुमाथि शंका गरेको थियो ।