२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘प्रधानमन्त्री भन्नुहुन्छ, खोप खोप खोप, कांग्रेसको मेयरको घरमा खोप, उपसभापतिको घरमा खोप’



अ+ अ-

काठमाडौं । प्रतिनिधिसभा सदस्य एवं एमालेका युवा नेता महेश बस्नेतले महाकाली घटनाबारे सरकार मौन बसेको आरोप लगाउनुभएको छ । 

मंगलबारको संसद बैठकमा शून्य समयमा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले भन्नुभयो, "एसएसबीले तुइन काट्यो, जयसिंह धामी महाकालीमा डुबे, सरकार भन्छ मौन बस, समाचार नबनाउ, प्रधानमन्त्री भन्नुहुन्छ खोप खोप खोप, कांग्रेसको मेयरको घरमा खोप, उपसभापतिको घरमा खोप, होटलमा सत्तापक्षको कार्यकर्तालाई खोपैखोप, जनता दिनभरी लाइनमा खोप न सोप ।"

उहाँले अगाडी भन्नुभयो, "बिचरा सरकार व्यापारी मन्त्री बनाउँछ, दक्ष सचिव फेर्छ, विमानस्थलको एमडी फेर्छ, स्वास्थ्य माफियालाई संरक्षण गर्छ, जनता राहत पाइएन भनेर कराउँछन्, कांग्रेसका विपक्षीहरु सत्तामा मन्त्री नपाए जान्न भन्दैछन्, कांग्रेसका वडाअध्यक्षहरु नगरपालिकाको कार्यालय फोड्दैछन्, माओवादी जसपा भन्दैछ, संख्या नबढाए सांसदले आत्महत्या गर्ने रे, दिमागमा आतंक ल्याए भूकम्प ल्याए, परमादेशबाट बनेको सरकार ३ हप्ता भएछ मन्त्रिमण्डल गठन भएन, प्रधानमन्त्रीज्यु बेरोजगारहरुलाई अदालत पठाई फलाना पार्टीका फलाना सांसदलाई मन्त्री बनाइपाउँ भनेर परमादेश जारी गराउनु । यो सरकार चल्नेजस्तो देखिएन जनता भन्दैछन् केपी बा आइ लव यु ।"