९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar ‘हुंकार मधेश’ अभियान घोषणा, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने लक्ष्य News Polar धौलीगङ्गा जलविद्युत्को बाँध खोलिँदै, महकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह News Polar अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर News Polar ताप्लेजुङमा आगलागीबाट १४ करोडको क्षति News Polar दोधारा चाँदनीमा चौध परिवारको सामान सुरक्षित स्थानमा सारियो News Polar चाडपर्वमा अनलाइन बस टिकट बुकिङलाई प्राथमिकता दिइने News Polar रसुवागढी नाका पुनः सञ्चालनका लागि चीनसँग सहयोग माग News Polar बिपी राजमार्गः वर्षा रोकिएपछि पुनर्निर्मित सडकबाटै आवागमन News Polar महिला कबड्डीमा नेपाल भारतसँग पराजित, काँस्य पदकमै सीमित News Polar कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा विद्युत् उत्पादन News Polar सिन्धुपाल्चोकमा राति सवारी सञ्चालन बन्द गर्ने निर्णय News Polar रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता News Polar ‘प्रधानमन्त्रीको सम्बोधनलाई निर्देशक सिद्धान्त बनाएर संसदले तथ्यसहितको कार्ययोजना बनाउँदैछ’-डा. रोजनाथ पाण्डे News Polar गुठी जग्गा खाली गराउने सूचना खारेज गर्न माग गर्दै जनकपुरमा आन्दोलन News Polar भारी वर्षापछि त्रिभुवन राजपथमा सवारी सञ्चालनको समयतालिका तोकियो News Polar सप्तकोशीमा बाढी बढ्दो, तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह News Polar कञ्चनपुरमा तीन वटै सुरक्षा निकायलाई ‘चनाखो’ News Polar विश्व फार्मासिस्ट दिवसः औषधिको सुरक्षित प्रयोगमा फार्मासिस्टको भूमिका महत्वपूर्ण News Polar बाजुरामा कांग्रेसको सर्वसम्मत नेतृत्व चयन News Polar प्रतिकूल मौसमका कारण उडान प्रभावित

चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क सञ्चालन गर्छुः डा.सुनिल शर्मा

चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क सञ्चालन गर्छुः डा.सुनिल शर्मा
अ अ+ अ-

मोरङ । मोरङको ३ नम्बर निर्वाचन क्षेत्रका संयुक्त लोकतान्त्रिक वाम गठबन्धनका प्रत्यक्ष तर्फका प्रतिनिधिसभा सदस्य उम्मेदवार डा।सुनिल शर्माले आफूले चुनाव जितेको ७२ घण्टाभित्र ५० शैयाको केविन निःशुल्क उपचारका लागि सञ्चालनमा ल्याउने बताएका छन् ।

आगामी मंसिर ४ गते हुन गइरहेको आम निर्वाचनको प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहेका डा।शर्माले विपन्न नागरिकको उपचारका लागि ५० शैया सहितका २५ ओटा केविन सञ्चालन गर्ने उद्घोष गरेका हुन् ।

२०७४ को आम निर्वाचनमा यसै क्षेत्रबाट झिनो मतले पराजित भएका डा.शर्माले आफूले चुनाव हारेर पनि जनताको सेवा जारी राखेकोमा चुनाव जितेपछि आफूमाथि जनताको अपेक्षा बढ्ने भएकाले जनअपेक्षाको सम्बोधनका लागि ५० शैयाको केविन पाँच वर्षसम्म निःशुल्क सञ्चालन गर्न लागेको स्पष्ट पारे ।

२०७४ को चुनाव जितेर सांसद हुँदै मन्त्रीसम्म बनेका नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले कोरोनाकालमा एक अर्ब २४ करोड रुपैयाँ भ्रष्टाचार गरेको ठहर संसदीय समितिले गरेको भन्दै त्यस्ता उम्मेदवारलाई अब जनताले मत दिन नहुने डा।शर्माले बताए । कोरोनाकालमा स्वास्थ्य तथा जनसंख्या मन्त्री रहेका ढकालले अनुदानमा आएको कोरोना परीक्षण किट प्रयोग गरी कोरोना परीक्षण गर्दा पाँच हजार पाँच सय रुपैयाँ शुल्क असुली गरेको र परीक्षणको अनुमतिसमेत आफूअनुकूल हुने अस्पतालहरुलाई मात्र दिएको भन्दै डा।शर्माले प्रजातन्त्रमा विश्वास गर्ने जनताले त्यस्ता उम्मेदवारलाई मतपत्रबाट कडा जवाफ दिने विश्वास व्यक्त गरे ।

जनताको स्वास्थ्य उपचारको जिम्मा सरकारको भएको बताउँदै डा।शर्माले सरकारी कोषबाट तत्काल सम्भव नभए निजी स्रोतबाट सेवा प्रवाह गरेर भएपनि पैसा नभएकै कारणले कसैको ज्यान जाने अवस्था आउन नदिने उल्लेख गरे । जुनसुकै राजनीतिक आस्था बोकेको व्यक्ति भएपनि समस्यामा परेको अवस्थामा आफूले तत्काल सहयोग गर्ने प्रतिबद्धतासमेत डा।शर्माले व्यक्त गरे ।

डा.शर्माको मुख्य प्रतिस्पर्धीका रुपमा यस पटक पनि एमालेका तर्फबाट पूर्वमन्त्री ढकाल नै मैदानमा रहेका छन् । उता, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले भने नेपाली चलचित्र अभिनेत्री रेखा थापालाई यसै क्षेत्रबाट उठाएको छ ।