२० आश्विन २०८३, मंगलवार Tuesday, October 6, 2026
२० आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar कांग्रेस सहमहामन्त्रीमा मनोजमणि आचार्यको उम्मेदवारी News Polar पठन संस्कृतिको विकास गर्न ‘महानगर पुस्तकालय’को अवधारणा News Polar दसैँका लागि असोज २३ देखि टिकट बुकिङ खुला News Polar कांग्रेस महाधिवेशन : उम्मेदवारी दर्ताको समय साँझ ६ बजेसम्म थपियो News Polar तीन वर्षदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी थियो : नैनसिंह महर News Polar वनमन्त्री चौधरी र विश्व वन्यजन्त कोषका प्रतिनिधिबीच छलफल News Polar जलवायु जोखिम न्यूनीकरणका लागि पूर्वाधारसम्बन्धी नीति परिवर्तन गरिँदै : मन्त्री लम्साल News Polar सहमहामन्त्रीमा देवेन्द्रराज कँडेलको उम्मेदवारी दर्ता News Polar अन्तर्राष्ट्रिय कृषि यान्त्रीकरण प्रदर्शनी २०२६ को प्लेटिनम प्रायोजक बन्यो जी–सेभेन एग्रिकल्चर News Polar महामन्त्रीमा डा. सुनीलकुमार शर्माको उम्मेदवारी News Polar विपद्मा बेपत्ता व्यक्तिको मृत्यु घोषणा र दर्तासम्बन्धी कानून संशोधनको तयारी News Polar उपसभापति (समावेशी) पदमा बिनोद चौधरीको मनोनयन दर्ता News Polar तातोपानी नाका खोल्न चीनसँग निरन्तर संवाद भइरहेको छ : मन्त्री लम्साल News Polar सञ्चारमन्त्री तिमिल्सिना र सचिव पौडेलबीच कार्यसम्पादन सम्झौता News Polar दशैँअघि नै १३ प्रस्तावित राजदूतको संसदीय सुनुवाई सक्ने निर्णय News Polar कांग्रेस महाधिवेशनमा उम्मेदवारी दर्ताका लागि यी कागजात अनिवार्य News Polar बाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापामगरलाई ज्ञापनपत्र News Polar एक महिनापछि चल्यो हुम्लाको च्याममा फोरजी सेवा News Polar भोटेकोशी बाढी प्रभावित व्यवसायीलाई बेलआउट दिन महासंघको माग News Polar नवलपुरमा दुई महिनामा २७७ वटा सर्पदंशका घटना

चुनावमा उपभोक्ता बजार: मूल्य बढ्यो, खपत बढेन

चुनावमा उपभोक्ता बजार: मूल्य बढ्यो, खपत बढेन
अ अ+ अ-

काठमाडौँ । यसवर्ष दसैँ, तिहारलगायतका ठूला चाडवाड सकिने वित्तिकै चुनावी माहोल सुरु भयो । चाडवाडका बेला व्यापारमा उत्साह देखिन्छ । त्यसमाथि चुनावका बेला उपभोक्ता बजार गुल्जार हुनपर्ने हो । तर बजारमा खासै उत्साह नदेखिएको व्यवसायीले बताएका छन् । चर्को मूल्यवृद्धिको मारले अहिले खपतमा बढ्न नसकेको उनीहरुको भनाइ छ ।

अहिले खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुमा अधिक मूल्यवृद्धि देखिएको तर खपत भने नबढेको खुद्रा व्यापार सङ्घका अध्यक्ष पवित्र बज्राचार्य बताउनुहुन्छ । व्यापारीले विभिन्न समयमा विभिन्न बहानामा खाद्य तथा दैनिक उपभोग्य वस्तुको मूल्य बढाउने तर घट्ने बेलामा भने नघटाउने गरेको उहाँको बुझाइ छ । पछिल्लो समय खानेतेल, चामल, मैदालगायत खाद्यान्न वस्तुमा धेरै मूल्यवृद्धि भएको छ ।

“खाने तेल प्रतिलिटर रु ३५ देखि ४० सम्म बढेको छ । मैदा पनि प्रतिकेजी रु १५ सम्म बढेको छ । भारतले निर्यातमा कडाइ गरेपछि चामलको मूल्य बोरामै दुईदेखि तीन सयसम्म बढे पनि अहिले अवस्था सहज हुँदा घटेको छैन”, उहाँले भन्नुभयो ।

कोरोना महामारी, रुस(युक्रेन युद्धलगायत विषम परिस्थितिका बेला भएको मूल्यवृद्धि अहिले अवस्था सामान्य भइसक्दा पनि घट्न नसकेको उहाँको भनाइ छ । यसरी सामान्य अवस्थामा पनि मूल्यवृद्धि हुनुमा नियामक निकाय कमजोर भएको बज्राचार्य बताउनुहुन्छ ।

“चुनाव लागेपछि बजारमा सरकारको उपस्थिति हुँदैन । नियामक निकाय कमजोर हुन्छन्,” बज्राचार्य भन्नुहुन्छ, “मूल्य बढ्नुमा अर्को शङ्का के पनि छ भने, राजनीतिक दल र चुनावमा उठेका उम्मेदवारलाई चन्दा दिनुपर्ने भएपछि त्यसको बदलामा व्यवसायीले उपभोग्य सामग्रीको मूल्यवृद्धि गरे ।”

मू्ल्यवृद्धि भएपछि उपभोक्ताको क्रयशक्ति कम हुन्छ । कोभिड महामारी, रुस–युक्रेन युद्ध, अमेरिकी डलरको भाउ वृद्धिलगायतका विभिन्न कारण देखाउँदै व्यापारीले उपभोग्य सामग्रीमा मूल्य बढाएका थिए । तर अहिले आपूर्ति शुुङ्खला सामान्य अवस्थामा रहँदा पनि मूल्यवृद्धि कायमै छ । विभिन्न कारण देखाएर मूल्यवृद्धि गर्ने व्यापारीले अवस्था सामान्य भएको अवस्थामा भने मूल्य घटाउँदैनन् ।

खुद्रा व्यापार सङ्घको खाद्यान्न मूल्यसूची अनुसार पछिल्लो एकवर्ष अवधिमा खानेतेलको मूल्यमा दोब्बरको वृद्धि देखिएको छ । यो अवधिमा भुटेको तोरीको तेल प्रतिलिटर रु दुई सय २० बाट बढेर तीन सय ५०, काँचो तोरीको तेल प्रतिलिटर रु एक सय ४० बाट दुई सय ४०, भटमास तेल प्रतिलिटर रु एक सय १५ बाट दुई सय ३०, सूर्यमुखी तेल प्रतिलिटर रु एक सय २५ बाट दूई सय ४० सम्म पुगेको छ ।

त्यसैगरी चामलमा प्रतिकिलो रु १० देखि २०, मास दात प्रतिकिलो रु ३०, मुसुर दाल प्रतिकिलो रु ५०, मुग दाल प्रतिकिलो रु ४०, रहर दाल प्रतिकिलो रु ७० सम्म बढेको छ । त्यसैगरी, भटमासमा प्रतिकिलो रु ४० देखि ५०, केराउ प्रतिकिलो रु ६० देखि ७०, सिमी प्रतिकिलो रु २० देखि ३० सम्म मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार अहिले तरकारीको मूल्य र खपत दुवैको अवस्था स्वभाविक छ ।

हाल बर्खायाममा फल्ने तरकारी र फलफूलको मौसम सकिएर हिउँदे तरकारी तथा फलफूलको मौसम सुरु भएकाले सोहिअनुसार आपूर्ति भइरहेको समितिका सूचना अधिकारी विनय श्रेष्ठले बताउनुभयो ।

“कालीमाटीमा दैनिक औसत ८ सय मेट्रिक टन तरकारी र फलफूल आउने गरेको छ । अहिले पनि त्यही अनुपातमै आइरहेको छ । बजार माग बढेको वा बढी सामान आएको भन्ने अवस्था अहिले छैन”, श्रेष्ठले भन्नुभयो । समितिको विवरणअनुसार मङ्गलबार सात लाख ५२ हजार चार सय ४२ किलो तरकारी र फलफूल आएको छ ।

त्यस्तै, सोमबार ८ लाख २७ हजार नौ सय ९६ किलो र आइतबार पाँच लाख ८९ हजार चार सय ४८ किलो फलफूल र तरकारी कालीमाटीमा आएको देखिन्छ । सरकारले चालु आर्थिक वर्षमा मूल्यवृद्धि ७ प्रतिशतको वाञ्छित सीमाभित्र राख्ने लक्ष्य लिएको छ ।

चालु आर्थिक वर्ष २०७९र८० को पहिलो त्रैमासिक अवधिमा मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसारअसोज महिनासम्ममा वार्षिक बिन्दुगत उपभोक्ता मूल्यवृद्धि आठ दशमलव ५० प्रतिशत पुगेको हो ।

राष्ट्र बैंकका अनुसार तराई क्षेत्रमा मूल्यवृद्धि चर्को छ । पहिलो त्रैमासिक विवरणअनुसार काठमाडौँ उपत्यकामा छ दशमलव ९३ प्रतिशत, तराईमा नौ ४२ प्रतिशत, पहाडमा आठ दशमलव ८४ प्रतिशत र हिमालमा सात दशमलव ०७ प्रतिशत महंगी बढेको छ ।

यो अवधिसम्ममा खाद्य तथा पेय पदार्थको मुद्रास्फीति आठ दशमलव ०५ प्रतिशत र गैर–खाद्य तथा सेवा क्षेत्रको मुद्रास्फीति आठ दशमलव ८५ प्रतिशत रहेको छ । त्यस्तै, रेष्टुराँ तथा होटल क्षेत्रको वार्षिक बिन्दुगत मुद्रास्फीति १५ दशमलव ९१ प्रतिशत, फलफूलको १२ दशमलव ०६ प्रतिशत, मदिराजन्य पेय पदाथको १० दशमलव २४ प्रतिशत, दुग्ध पदार्थ तथा अण्डाको नौ दशमलव ४५ प्रतिशत र सुर्तीजन्य पदार्थको आठ दशमलव ४४ प्रतिशत रहेको छ ।

सेवा समूह अन्तर्गत यातायात क्षेत्रको मुद्रास्फीति २१ दशमलव १५ प्रतिशत, स्वास्थ्य क्षेत्रको १० दशमलव ५४ प्रतिशत, फर्निसिङ्ग तथा घरायसी उपकरणहरुको नौ दशमलव ४५ प्रतिशत र शिक्षाको आठ दशमलव ११ प्रतिशत छ । राष्ट्र बैंकका अनुसार असोज महिनामा वार्षिक बिन्दुगत थोक मुद्रास्फीति १३ दशमलव ७३ प्रतिशत रहेको छ ।