२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

५० हजार रुपैयाँ जरिवानासहित ४१ राजनीतिक दलको दर्ता खारेज



अ+ अ-

काठमाडौं । निर्वाचन आयोगले ४१ राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

मंगलबार बसेको आयोगको बैठकले साउन २० गतेदेखि लागू हुने गरी ४१ वटा दलको दर्ता खारेज गर्ने निर्णय गरेको हो। सो निर्णयसँगै अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको छ । 

यस्तै आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । 

जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने समेत आयोगले जनाएको छ ।