२२ मंसिर २०८२, सोमबार
,
Latest
पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने करेन्सीको भाउ बढ्दा नेपालमा लाभ भन्दा हानी धेरै: अर्थविद् नरबहादुर थापा स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा एनपीएलमा आज खेल नहुने, भोलि पहिलो क्वालिफायर ओमानको कला प्रदर्शनी मस्कटमा सम्पन्न मन्त्री बनौँला, नबनौँला तर जनताको सेवा सधैँ गर्न पाउँः डा. सुनिल शर्मा जिल्ला प्रशासन कार्यालयद्वारा सबै सेवा प्रवाह भइराखेको छ : प्रजिअ अधिकारी मालढुङ्गा–बेनी सडकः स्तरोन्नतिपछि यात्राअवधि छोटियो तोरीबारीबीच चम्किने हिमशृंखला-फोटो फिचर वीरगञ्ज महानगरपालिकाद्वारा तरकारी तथा फलफूल बजार सञ्चालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ६.५९ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । मंगलवार नेप्से परिसूचक समान्य अंकले घटेको छ ।
सोमवार २१.२९ अंक बढेको नेप्सेपरिसूचक मंगलवार ६.५९ अंकले घटेर १८९७.८६ बिन्दुमा झरेको हो । त्यस्तै, सेन्सेटिभ इण्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ इण्डेक्स ०.४० अंकले घटेको छ ।

मंगलवार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता शेयर १ अर्ब २ करोड ३६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्से परिसूचक घटे पनि कारोबार भने बढेको छ । सोमवार ९४ करोड बराबरको शेयर कारोबार भएको थियो ।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ । जसमा व्यापार, निर्जीवन बीमा र बैंकिङ्ग उपसमूहको परिसूचक बढेको छ भने यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ ।

मंगलवार सिटिजन्स म्युचुअल फण्ड १ को इकाईमूल्य ४.५८ प्रतिशत बढेको छ । अन्य स्टकहरुको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ । तारागाउँ रिजेन्सी होटलको शेयरमूल्य ८.५६ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा मंगलवार हिमालयन डिष्टिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको छ ।