२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
फागुन २१ को निर्वाचन नेपालको इतिहासमा विशेष रुपमा अंकित हुनेछः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी शेन्जेन–काठमाडौं सिधा उडानबाट १७५ चिनियाँ पर्यटक आए नेपाल तापक्रम वृद्धिले बाँकेमा आर्थिक र स्वास्थ्य चुनौती बढायो साहित्यले समाजलाई चेतनशील र सुसंस्कृत बनाउँछ: राष्ट्रपति पौडेल ३० हजार मेगावाटको लक्ष्य पूरा गर्न स्पष्ट कार्ययोजना आवश्यकः सांसद न्यौपाने परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान गैरकानुनी रुपमा महिलालाई विदेश पठाएको अभियोगमा ६ जना पक्राउ एमालेद्वारा मानव अधिकार आयोगको प्रतिवेदनप्रति आपत्ति, भूतप्रभावी कानुन सिफारिसलाई असंवैधानिक भन्दै प्रश्न उठायो वातावरणमैत्री र हरित सडक निर्माणमा सडक विभागको जोडः देशभर वृक्षारोपण र संरक्षण अभियान अघि बढाइने लोकतन्त्रको रक्षा र राष्ट्रियताको संरक्षणमा युवाको भूमिका महत्त्वपूर्ण छः मुख्यमन्त्री आचार्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बाबुका पिता एवं तेलुगु सिनेमाका सुपरस्टार कृष्णाको निधन



अ+ अ-

एजेन्सी । सन् १९७० र ८० को दशकका तेलुगु सिनेमाका सुपरस्टार शिव रामा कृष्णा घट्टमानेनीको आज बिहान निधन भएको छ ।

उनी तेलुगु स्टार महेश बाबुका पितासमेत हुन् । तेलुगु सिनेमामा उनलाई सुपरस्टार कृष्णाको नामले चिनिन्छ । करिब ३५० फिल्ममा अभिनय गरेका कृष्णा यसै वर्षको सेप्टेम्बरमा श्रीमती इन्दिराको निधनपछि डिप्रेसनमा थिए ।

हृदयघातका कारण आज बिहान ४ बजे उनको निधन भएको हो । उनलाई सास फेर्न गाह्रो भएको थियो, जसका कारण उनलाई १४ नोभेम्बरमा हैदराबादको कन्टिनेन्टल अस्पतालमा भर्ना समेत गरिएको थियो । उनको निधनले सिंगो सिनेमा शोकमग्न भएको छ ।

महेश बाबुका पिता कृष्णाले ३५० फिल्ममा अभिनय गरेका थिए । उनी आफ्नो समयका शीर्ष कलाकार मध्येका एक थिए । उनी अभिनेता, निर्माता, निर्देशकका अलावा राजनीतिज्ञ पनि थिए ।

यससँगै उनलाई सन् २००९ मा पद्मभूषणबाट पनि सम्मानित गरिएको थियो । मिडिया रिपोर्टका अनुसार कृष्ण आफ्नी श्रीमतीको मृत्युपछि डिप्रेसनसँग लडिरहेका थिए ।

कृष्णाको बारेमा कुरा गर्दै अस्पतालका चिकित्सकले भने, ‘उहाँलाई मंसिर १५ गते बिहान १ बजे आकस्मिक विभागमा ल्याइएको थियो र त्यसपछि हृदयघातका कारण उहाँको मृत्यु भएको हो । उहाँको अवस्था चिन्ताजनक रहेको र भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।’

महेश बाबुका बुबा कृष्णा एक प्रसिद्ध तेलुगु अभिनेता थिए । उनका ३ छोरी, महेश बाबु र जेठा छोरा रमेश बाबु थिए । रमेश बाबुको पनि लामो समयदेखि कलेजोको रोगले यस वर्ष जनवरीमा निधन भएको थियो ।