२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ग्लोबल आइएमई बैंकका ७ नयाँ शाखा सञ्चालनमा, शाखा संख्या २८० पुग्यो



अ+ अ-

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले बुधबारदेखि सातवटा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । 

बैंकले काठमाडौं उपत्यकाभित्र काठमाडौं महानगरपालिकाको सीतापाइला, बालाजु चोक र असन, ललितपुर जिल्लाको ललितपुर महानगरपालिकाको धोबीघाट र भैंसेपाटी, भक्तपुर जिल्ला ठिमी नगरपालिकाको गठ्ठाघरमा शाखा सञ्चालनमा ल्याएको हो । 

यसैगरी काठमाडौँ उपत्यकाबाहिर बैंकले एव्म धादिङ जिल्ला, निलकण्ठ नगरपालिको धादिङबेसीस्थित बिचबजारमा गरी एकैसाथ सात नयाँ स्थानमा शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखाहरु सञ्चालनमा आएसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २८० पुगेको छ ।

ग्लोबल आइएमई बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशका ७६ जिल्लामा फैलिएको २८० शाखा सञ्जाल सहित २४८ एटिएम, ४७ एक्सटेन्सन काउण्टर तथा राजश्व संकलन काउण्टर, २५७ शाखा रहित बैंकिङ्ग सेवा र ३ अन्तर्राष्ट्रिय प्रतिनिधि÷सम्र्पक कार्यालय मार्फत आफ्ना २३ लाख भन्दा बढि ग्राहकहरु माझ सेवा प्रदान गर्दै आइरहेको छ । 

‘सबैका लागि बैंक’ भन्ने नारालाई सार्थकता दिदैं बैंकले अझ एक कदम अघि सारेकोे छ ।