• २० जेष्ठ २०८१, आईतवार
  •      Sun Jun 2 2024
  •   Unicode
Logo

विश्वकपका लागि स्पेनकोे टोली घोषणा



काठमाडौं । आउँदो नोभेम्बर २० देखि कतारमा आयोजना हुने फिफा विश्वकप फुटबलका लागि स्पेनले टिम घोषणा गरेको छ ।

स्पेनले शुक्रबार विश्वकपका लागि २६ सदस्सीय टोलीको घोषणा गरेको हो । टिममा गोलकिपर डेभिड डी हेया र मिडफिल्डर थियागो तथा डिफेन्डर सर्जियो रामोस अटाएका छैनन् ।

विश्वकपमा स्पेन समूह ‘ई’ मा रहेको छ । स्पेनले नोभेम्बर २३ मा कोस्टारिकाविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्नेछ । स्पेनको समूहमा यी दुई टोलीसहित जर्मनी र जापान छन् ।