२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष  ग्रीन हाइड्रोजन नेपालको हरित भविष्य निर्माण गर्ने महत्वपूर्ण अवसर हाेः मन्त्री श्रेष्ठ स्वास्थ्य मन्त्रालयद्वारा विभिन्न पदका आवेदनसम्बन्धी सूचना स्थगित परराष्ट्रमन्त्री खनाल नयाँ दिल्ली पुगे निर्वाचनसम्बन्धी विधेयक पारित भए निर्वाचन प्रणालीमा रहेका ९० प्रतिशत समस्या हल हुन्छः निर्वाचन आयोग काठमाडौं महानगरपालिकाद्वारा २ हजार ४२१ सडक मानवको उद्धार, ८८३ जनाको पारिवारिक पुनर्मिलन नगर अधिवेशनको विवादलाई लिएर रास्वपा धनुषाको जिल्ला कार्यालयमा तालाबन्दी नाडाले बजेटप्रति मिश्रित प्रतिक्रिया, कर नीतिले सवारी मूल्य बढ्ने चिन्ता ग्राहकले ल्याएको प्लास्टिकजन्य फोहोर रिसाइकल गरी उपयोगी सामग्री बनाइदिने ‘जेरो क्याफे’ मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापनबारे सुझाव माग्दै सरकारको सार्वजनिक आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीहरुमाथि डोजर चलाउँछौंः राजेन्द्र लिङ्देन



अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरुमाथि डोजर चलाउने बताउनुभएको हो । उहाँले काठमाडौं उपत्यकाका मेयर बालेन साहले अवैध संरचनामाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारीहरु माथि डोजर चलाउने इच्छा रहेको बताउनु भयो ।

उहाँले एक नागरिक आयोग गठन गरी वि.सं.२०४६ सालपछि जिम्मेवारी पाएका राज्यका उच्चपदस्थहरुको सम्पती छानबिन गरी अवैध सम्पती जफत गर्ने बताउनु भयो । अध्यक्ष लिङदेनले भ्रष्टाचारको बिरुद्धमा आफू निरन्तर लागिरहेको उल्लेख गर्नुभयो । उहाँले आफू संसदमा एक्लो भएकाले आगामी निर्वाचनबाट आफूलाई संसदमा साथी दिलाइदिन आम मतदातासँग आग्रह गर्नुभयो । आफूले पाँच वर्ष संसदमा खेलेको भुमिका राम्रो लागेको भए आफूसँगै राप्रपाका अन्य उम्मेदवारहरुलाई पनि जिताउन उहाँले आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘बालेनले काठमाडौंको अवैध संरचनाहरुमाथि डोजर चलाएजस्तै राप्रपालाई भ्रष्टाचारिहरुमाथि डोजर चलाउने इच्छा छ । हामीले निरन्तर भनेर आएका छौँ, भ्रष्टाचार गरेर खानु आमाको रगत खानुसरह मानेर काम गर्छौं भनेर । फागुनसम्म अस्तिका सबै सांसदहरुले तलवभत्ता पाइराख्ने दशैँ पेस्की पाइराख्ने विधेयक ल्याए । एउटा राजेन्द्र लिङदेन मैले भने अनुचित मात्रै होइन घोर अनैतिक काम भयो । यो भन्दा ठूलो भ्रष्टाचार अर्को केही पनि हुन सक्दैन । म आज संसदमा एक्लै छु मैले तपाईहरुलाई रोक्न सक्दिनँ । तर मलाई यो भत्ता, तलव खाने मन छैन ।

आजबाट यो सांसद पद पनि मैले त्यागे । आजबाट मेरो नाममा कुनै प्रकारको तलव, भत्ता नहाल्दिनु । मैले तपाईहरुलाई एक्लो भएकाले रोक्न सक्दिनँ । चुनाव आउँदैछ । म जनताको बीचमा गएर आगामी दिनमा यस प्रकारका अनुचित, अनैतिक र देश बिरोधी क्रियाकलापहरु रोक्नसक्ने तागतका साथ साथीहरु लिएर आउँछु भनेर हिडेको छु । फिर्ता लिएछन् पछि । राज्यकोषको २ अर्ब पैसा बच्यो भनेर पत्रकार साथीहरुले भनिराख्नुभएको छ ।

आज म देशभर आम मतदातासँग यही कुरा भन्न आएको छु यो संसदमा मलाई साथीहरु चाहियो । म एक्लै भएँ । म साथी माग्न आएको छु । तपाईहरुले मलाई पाँच वर्ष हेर्नुभयो । मैले पाँच वर्ष गरेको काम, त्यहाँ मैले उठाएको आवाजहरु तपाईलाई ठिक लागेको छ कि छैन ? मैले ठिक गरेको छु भन्ने तपाईले ठान्नुभएको छ भने मैले देशलाई भनिराखेको छु, म एक्लो भएँ । म साथीहरु मागिरहेको छु साथीहरु दिनुस् ।’
अध्यक्ष लिङदेनले पुराना दलहरुलाई फेरीपनि मतदान गर्नु देशलाई बर्बाद गर्नु भएको टिप्पणी गर्नुभयो ।

उहाँले काँग्रेस र कम्युनिष्ट मतदाताहरुलाई आफ्नो पार्टी नछाडेपनि मत भने राप्रपालाई दिनका लागि आग्रह गर्नुभयो । उहाँले काठमाडौं र धरानको स्थानीय तहको मत परिणामजस्तै गरी राप्रपाको पक्षमा परिणाम आउनुपर्ने बताउनु भयो । उहाँले बाकस खोल्दामात्रै थाहा हुनेगरी हलो चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो – ‘कतिचोटी तपाईले उसलाई भोट दियो भने, कति वर्ष मौका दियो भने यो देश बन्छ ? बन्नेवाला छैन । गर्नेवाला छैन भन्ने कुरा तपाईहरुलाई थाहा छ, थाहा पाइ पाइकन देशको भविष्य, देशको समय बर्बाद गर्ने काममा सहभागि नहुनुहोस् । सक्नुहुन्छ, सोझै राप्रपामा आउनुहोस् ।

राप्रपामा अहिले आउन सक्नुहुन्न, कोही बात छैन । काँग्रेस, कम्युनिष्ट नै भइराख्नुस् । तर यो चोटी हलोमा भोट हाल्नुस् । धरान र काठमाडौं नेपालको राजनीतिमा एक कदम अगाडी बढिसकेको छ । यहाँको चेतनास्तर उठेको छ भन्ने देखिएको छ । नेताहरु, ठूला पार्टीहरु हामीबाहेक यहाँ कसले जित्छ भन्दैथिए । तर जब बाकस खोलियो, जनताको अभिमत के रहेछ भन्नेकुरा देखियो । योचोटी राप्रपाको पक्षमा त्यही परिणाम आउनुपर्छ । बाकस खोल्दामात्रै थाहा पाउनेगरी यो चोटी हलोमा मतदान गरिदिनुस् ।’

उहाँले वर्तमान राजनीतिक व्यवस्था र नेतृत्व असफल भइसकेकाले व्यवस्था र नेतृत्व परिवर्तन गर्नुपर्ने बताउनु भयो । ठूला राजनीतिक दलहरुको विकल्पको रुपमा राप्रपा रहेको उहाँको भनाई छ ।




भर्खरै