६ आश्विन २०८३, मंगलवार Tuesday, September 22, 2026
६ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar जागिरसँगै सव–इञ्जिनियरको पाखोबारीमा फलफूल बगैँचा News Polar नेपाल फिल्म सोसाईटी र चलचित्र कलाकार संघ अमेरिका शाखाद्वारा बाढी पीडितका लागि आर्थिक सहयोग News Polar २०औँ एसियाली खेलकुदः महिला भलिबलमा नेपाललाई १२औँ स्थान News Polar सामुद्रिक जैविक विविधताको संरक्षणसम्बन्धी सम्झौतामाथि छलफल गरियोस् भन्ने प्रस्ताव स्वीकृत News Polar असोजभित्र गल्छी–स्याफ्रुबेँसी सडक सञ्चालन गर्ने सरकारको तयारी News Polar स्वीकृत लगानीलाई परियोजना र रोजगारीमा रूपान्तरण गर्न आवश्यक : लगानी बोर्डकी सीईओ उक्याव News Polar नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो News Polar भोटेकोशी बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माण र राहतमा भइरहेको ढिलाइप्रति सांसद राईको ध्यानाकर्षण News Polar न्यायपालिकाको पुनर्संरचनाबारे संसदमा एमाले–रास्वपा जुहारी News Polar असोज ८ देखि १० गतेसम्म हुने भारी वर्षाबारे गृहमन्त्री र ऊर्जामन्त्रीले लिए मौसम अपडेट News Polar भदौमा ११ जिल्लाका १३ स्थानमा नेपाल टेलिकमका नयाँ मोबाइल साइट सञ्चालन News Polar लाइसेन्स वितरण सहज बनाउन तीन निकायबीच त्रिपक्षीय सम्झौता News Polar नतिजामुखी कार्यसम्पादनमा जोड : मन्त्रालयका सचिव–सहसचिव र बाल अधिकार परिषद्का सदस्य–सचिवबीच सम्झौता News Polar परियोजनाको लाइसेन्स खरिद–विक्री नै लगानीकर्ताहरुको पेसा भयो, स्वीकृत लगानी कार्यान्वयनमा सरकार गम्भीर बन्नुपर्छः सांसदहरु News Polar जेन–जी आन्दोलनका दोषीलाई पक्राउ गर्न नसके सरकारको कुर्सी छाड्नुस् : ज्ञानबहादुर शाही News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १५ अर्बभन्दा बढी पुग्यो News Polar धनकुटाको हिले बजारको रोक्का जग्गा फुकुवा गर्न सांसद राजेन्द्र राईको माग News Polar सरकारप्रति कांग्रेस सांसद थपलियाको प्रश्न– ‘नागरिकमा बढ्दो निराशाप्रति सरकार किन मौन ?’ News Polar ‘छोराको लाशसँग सांसद पद साटेको’ टिप्पणीप्रति रचना खतिवडाको आपत्ति News Polar चन्द्रागिरि कांग्रेसको नगर सभापतिमा राजेन्द्र बानियाँले उम्मेदवारी दिने

नेपथ्यको नयाँ गीत ‘भट्भटे’ सार्वजनिक

नेपथ्यको नयाँ गीत ‘भट्भटे’ सार्वजनिक
अ+ अ-

काठमाडौं I संगीतले सबैखाले मनःस्थितीलाई सिर्जनाबाट अभिब्यक्त गरेको छ । उन्मुक्त भइ मोटरसाइकल हाँकिरहँदाको अवस्थालाई ‘रोड ट्रिप रक’ भन्दै पश्चिमाहरुले धेरै गीत दिएका छन् । नेपाली लोकरक ब्याण्ड नेपथ्यले पनि यसै परिवेशमा पहिलोपटक बनाएको गीत सार्वजनिक गरेको छ –

‘भटटट भटटट भट्भटे आयो
बाटो छोड् छोड् छोड्’

धुनबाट एउटा बेग्लै स्वाद र संवादको यो नयाँ प्रस्तुतीसँगै नेपथ्यको एउटा नयाँ श्रृंखलाको पनि सुरुवात भएको छ । अर्थात्, अब तीन दसक पुरानो यो ब्याण्डले आफ्ना श्रोताहरुमाझ एघारौं एल्बमको कोशेली प्रारम्भ गर्दैछ ।

छ वर्षअघि ब्याण्डले ‘कोशीको पानी यो जिन्दगानी’बाट दसौं एल्बमका गीतहरु सार्वजनिक गर्ने क्रम थालेको थियो । तिहारअघि ‘नैनताल’ गीतलाई उक्त एल्बमको अन्तिम तथा दसौं गीतका रुपमा ब्याण्डले सार्वजनिक ग¥यो । दसौं एल्बमका सबै गीतहरु छ वर्षअघि नै रेकर्ड भएता पनि पालैपालो गरेर सार्वजनिक गरिएको थियो ।

छ वर्षपछि पहिलोपटक रेकर्ड गरिएको यो ‘भटभटे’ गीत भने एघारौं एल्बमको पहिलो गीत बन्नपुगेको छ । यस सँगसँगै ब्याण्डमा नयाँ गीतहरु रेकर्डिङको प्रकृयाले पनि पुनः निरन्तरता पाएको छ । अघिल्लोजस्तै यस एघारौं एल्बममा पनि दसवटा गीत रहने छन् ।
यस गीतको एउटा अन्तराले भन्छ –

‘कुजिएका स्वरहरु एकत्रित भइजाऊ
मनदेखि मनसम्म
सडकदेखि सदनसम्म
एकत्रित भइजाऊ है भइजाऊ’

राजनीतिमा देखिएको अराजकता र विचारधाराको विसर्जनलाई सहि दिशामा ल्याउन अब सबै नेपाली एकत्रित हुनुपर्ने खाँचो यो शब्दले औंल्याएको छ ।

यस सिर्जनामा गीत र कवितालाई एकापसमा मिलाउने प्रयत्न गरिएको गायक एवं सर्जक अमृत गुरुङ बताउँछन् ।

‘कवितालाई गीतमा ढाल्ने काम पहिले पनि गर्दैआएको हुँ,’ अमृत भन्छन्, ‘यसमा भने रिदमिक अन्तराका साथमा कविता पनि मिसाएको छु ।’ ‘लेख्दै जाँदा यसमा हालको राजनीति, देश र कालप्रतिको जन असन्तुष्टि पनि झल्कन पुग्यो,’ उनी रचनागर्भबारे भन्छन्, ‘नेपालका सदन र सडक दुवै भद्रगोल हुँदै गइरहेको बेला मैले सडकको आवाज मार्फत् परिस्थितीको वर्णन गरेको हुँ ।’ यसमा अलिकता हल्ला र अलिकता विद्रोहको झलक पनि आएको उनले स्पष्ट पारे । गीतको एक ठाउँमा गायकले चिच्याएरै संवाद गरेका छन् ।

अमृत कुनै समय स्वयं मोटरसाइकल हाँक्थे । त्यतिबेला उनलाई एकप्रकारको उन्मुक्तता महशुस हुन्थ्यो । खुला आकाश र खुला धर्तीको बीचमै रहेर तीब्र गतिमा अघि बढ्नुले प्रदान गर्ने त्यो सन्तुष्टी थियो । यदाकदा त्यसले अराजकतातर्फ पनि लैजान्छ । मोटरसाइकल हाँक्दाको उन्मुक्तता चाहिँ यसै गीतमा प्रतिविम्वित हुनपुगेको उनी बताउँछन् । सडकमा गुड्ने मोटरसाइकलहरुले मुलुकको राजनीति र अवस्था प्रतिनिधित्व गरेको पाउने अमृतको सदिक्षा भने यी दुवै भद्रगोल नभइ अनुशासित लय र तालमा अघि बढोस् भन्ने छ ।

यस गीतका रेकर्डिङ इन्जिनियर इमन शाहका अनुसार पाश्चात्य संगीतको परिभाषामा यो गीत ‘क्लासिक रक’ विधा अन्तर्गत पर्छ ।

गीतसँगै शब्दहरुलाई प्राथमिकताका साथ प्रस्तुत गरेर तयार पारिएको म्यूजिक भिडियो पनि सार्वजनिक गरिएको छ । भिडियोमा मोटरसाइकल चढ्दै काठमाडौं सहर घुम्नेहरुको दृश्य देख्न सकिन्छ । भद्रगोल बाटोमा लेन मिचेर हाँकिएका मोटरसाइकलको लश्कर पनि उपस्थित हुन्छ । कतै ढल्केर हाँकिएको छ, कतै मच्चिएर हाँकिएको छ । यो लश्कर गीतसँगै काठमाडौंका थुप्रै परिचित स्थलहरुबाट गुज्रेपछि अन्तिममा विमानस्थल पुग्छ । गीतको भाव अनुसारै यसमा विभिन्न ‘इफेक्ट’ प्रयोग गरिएको छ ।

सात मिनेट १५ सेकेण्ड लामो यस म्यूजिक भिडियोका लागि मोहन पुन मगरले क्यामरा र सम्पादन सम्हालेका छन् । क्यामरामा उनलाई मनिष महर्जनले साथ दिएका छन् भने प्रबोध श्रेष्ठले ‘ग्राफिक्स’ मार्फत् भिडियोको परिमार्जन गरेका छन् । यस भिडियोका परिकल्पनाकार प्रबोधका अनुसार हाल प्रचलनमा रहेको ‘मोटो भ्लग’को रुपमा यसलाई प्रस्तुत गर्ने कोशिस गरिएको छ । म्यूजिक भिडियोको निर्माण नेपालयले गरेको हो ।

नेपथ्यको आधिकारिक यु ट्युब च्यानलमा प्रस्तुत यस भिडियोसँगै अब यो गीत विश्वभरिका श्रोतामाझ सार्वजनिक भएको छ । यु ट्युबका साथै यो गीत र नेपथ्यका तमाम गीतहरु स्पोटिफाई, एप्पल म्यूजिक, आइ ट्युन्स, अमाजनलगायत प्रायः डिजिटल स्टोरहरुमा उपलब्ध हुनेछन् ।

यो गीत तयार पार्नका लागि अमृतलाई ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका हुन् ।