२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुलमानलाई नियुक्ति गर्ने निर्देशन आएकै छैन : उर्जामन्त्री भुसाल



अ+ अ-

काठमाडौं । उर्जामन्त्री पम्फा भुसालले प्रधानमन्त्री शेर बहादुर देउवाले विद्युत प्राधिकरणको प्रमुखमा कुलमान घिसिङलाई नियुक्त गर्न कुनै निर्देशन नदिएको बताएकी छन् । उर्जामन्त्री भुसालले प्रधानमन्त्रीले वर्तमान प्रमुखको कार्यसम्पादनबारे चासो लिँदै केही असन्तुष्टि व्यक्त मात्र गरेको बताएकि हुन् । 

प्राधिकरणको प्रमुखमा हितेन्द्रदेव शाक्य आइसकेपछि विद्युतको बक्यौता रकम उठाउन पहल नगरेको, चुहावट नियन्त्रणमा प्रभावकारी नभएको र विद्युत कटौती बढेको गुनासो बढेपछि प्रधानमन्त्री देउवाले यसबारे चासो व्यक्त गरेको ऊर्जामन्त्री भुसालले बताइन् ।