२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्छ: बाबुराम भट्टराई(भिडीयोसहित )



अ+ अ-

काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले संविधानको रक्षाका लागि गठबन्धनलाई बलियो बनाउनुपर्ने बताउनुभएको छ ।

लोकतान्त्रिक–वाम गठबन्धन काठमाडौँ क्षेत्र नं १ को घरदैलो कार्यक्रममा आज सहभागी हुनुभएका नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवारको जित आवश्यक रहेको बताउनुभयो ।

“देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौँका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु”, उहाँले भन्नुभयो ।

पूर्वप्रधानमन्त्री डा भट्टराईले नेपाली जनताको लामो सङ्घर्ष र बलिदानबाट ल्याएको सङ्घीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको बताउनुभयो । गठबन्धनलाई बलियो बनाएमात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने उहाँको भनाइ छ ।

काठमाडौँ क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह, प्रदेशसभा ९१०मा दीपेन्द्र श्रेष्ठ र प्रदेशसभा ९२०मा सुरजचन्द्र लामिछाने उम्मेदवार बन्नुभएको छ ।