२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनभन्दा महँगो छ यो चकलेट, कहाँ पाइन्छ यो चकलेट



अ+ अ-

काठमाडौं । चकलेट सबैलाई मन पर्ने खानेकुरा हो । पोर्चुगलमा संसारको सबभन्दा महंगो चकलेट बनाइएको छ । यसको मूल्य लाखौंमा आउँछ । 

चकलेटलाई विशेष प्याकेजमा बेचिनेछ । गहना बेचेजसरी यो चकलेट बेचिनेछ । ग्लोरियस चकलेट यूएई, रुस, अंगोला र अर्जेन्टिना पठाइनेछ ।

गिनिज बूक अफ वर्ल्ड रेकर्ड्सले यसलाई सबभन्दा महंगो चकलेटको सर्टिफिकेट दिएको छ । 

इन्टरनेसनल चकलेट फेस्टिभल अफ ओबिडोसमा चकलेट बोनबोन प्रदर्शन गरियो । यो अद्वितीय चकलेटको मूल्य १० लाख रुपैयाँ छ । चकलेटमा सुनको पोलिस लगाइएको छ । 

चकलेटमा अनेकौं तत्त्वहरू छन् र यसलाई बनाउन एक वर्ष समय लाग्यो । त्यसपछि यो चकलेट लग्जरी बजारका लागि तयार भयो ।