१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु News Polar मुख्यमन्त्री शाहीद्वारा विपद् पूर्वतयारीबारे अस्पताल अनुगमन News Polar प्रतिकूल मौसमका कारण पोखराको हवाई उडान प्रभावित News Polar प्रधानमन्त्री राहत कोषमा १६ लाख ८९ हजार सहयोग News Polar नेपाल र रुवान्डाबीच `जेनेरल काेअपरेसन अग्रिमेट´मा हस्ताक्षर News Polar रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो News Polar गगनले जस्तो संघर्ष र जोखिम उठाउने हिम्मत युवामा हुनुपर्छः केन्द्रीय सदस्य खड्का News Polar छिटो बजेट ल्याउन सर्वदलीय बैठकको प्रदेश सरकारलाई आग्रह News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

ओलीप्रति माधव नेपालको टिप्पणी– स्वार्थीहरुले जनतालाई गफले अल्मलाए(भिडीयोसहित )

ओलीप्रति माधव नेपालको टिप्पणी– स्वार्थीहरुले जनतालाई गफले अल्मलाए(भिडीयोसहित )
फाईल फोटो
अ अ+ अ-

काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी) का अध्यक्ष माधवकुमार नेपालले नेकपा (एमाले)का अध्यक्ष केपी ओलीले जनतालाई गफले अल्मलाएको टिप्पणी गरेका छन् । आज बिहान पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले स्वार्थी मान्छेहरुले जनतालाई गफले अल्मलाएको बताए । उनले चेतना नभएको र भ्रममा परेको जनतालाई जसले पनि अल्मल्याउन सक्ने बताए । उनले भने,’झूटो प्रचार गरेर अल्मल्याउन सक्छ । हावा गफ गरेर अल्मल्याउन सक्छ । त्यसभित्र केही तत्वहरु हुन सक्छ । जसमा स्वार्थपन रहेको हुन्छ । स्वार्थमा गाजिएका हुन्छन् । केही केही पार्टीहरु देख्नुभएको छ । गफाडीको गफ गर्ने थलो भएको छ । अनि केही मान्छेहरुलाई यतिकै गफ र स्वार्थमा अल्मलाएर राखेको हुन्छ ।’

अध्यक्ष नेपालले केपी ओलीलाई कसैले ढाल्न सक्दैन भन्नेहरुलाई केपी ओलीलाई ढालेर देखाएको टिप्पणी गरेका छन् । आफूले टक्कर दिएपछि ओली बौलाएर हिँडेको उनले बताए ।

उनले भने,‘केपी ओलीलाई लागेको थियो कसैले टक्कर नै दिन सकिन्दै भनेर । टक्कर दिएपछि अहिले केपी ओली बौलाएको होकी के बोल्छन् बोल्छन् । बरबराएको होकी उटपटयाङ कुरा गर्छन । त्यो सबै संग्रह निकाल्न पर्यो केके बोल्यो सुरु देखि अहिलेसम्म केके गाली गलौजको भाषाहरु बोलेको छ । उनका कुराहरु भनेको आक्रोशले भरिएको छ ।’