२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

राष्ट्रपति भण्डारी आइसल्याण्डको रेक्जाभिकमा



अ+ अ-

सुशील अर्याल

रेक्जाभिक (आइसल्याण्ड) । राष्ट्रपति विद्यादेवी भण्डारी जनगणतन्त्र आइसल्याण्डको दुई दिने औपचारिक भ्रमणको सिलसिलामा आज आइसल्याण्डको राजधानी रेक्जाभिक आइपुग्नु भएको छ । उहाँ सोमबार साँझ काठमाडौंबाट प्रस्थान गर्नु भएको थियो ।

राष्ट्रपति भण्डारीलाई आइसल्याण्ड समेत हेर्ने डेनमार्कका लागि कार्यबाहक राजदूत तीर्थ अर्याल, आइसल्याण्डका अवैतनिक महाबाणिज्यदूत निचल लोसकार्सन, आइसल्याण्डको परराष्ट्र मन्त्रालयका उच्च अधिकारीहरुले क्याफलाभिक अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्नुभएको थियो ।

महिला राजनीतिज्ञको विश्वव्यापी सञ्जाल ‘वुमन पोलिटिकल लिडर्स (डब्लुपिएल)’ कार्यक्रममा सहभागी हुन राष्ट्रपति भण्डारी आइसल्यान्ड आउनु भएको हो । राष्ट्रपति भण्डारीले ‘वुमन पोलिटिकल ट्रेलब्लेजर अवार्ड’ समेत ग्रहण गर्नुहुने छ ।

भ्रमण दलमा उहाँकी छोरी उषाकिरण भण्डारी, परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल राष्ट्रपति कार्यलयका सचिव यादव कोइराला,राष्ट्रपतिको सञ्चार विज्ञ टिका ढकाल लगायत हुनुहुन्छ । भ्रमण पूरा गरी राष्ट्रपति भण्डारी कात्तिक २६ गते स्वदेश फर्कनु हुने कार्यक्रम छ ।