२४ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक बस्दै



अ+ अ-

काठमाडौं । एमालेको माधव कुमार नेपाल समुहको केन्द्रीय समिति बैठक आज फेरी बस्ने भएको छ । राजधानीको बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बिहीबारदेखि सुरु भएको बैठक शुक्रबार बस्ने भएको हो ।

बैठक बिहान साढे ११ बजेपछि सुरु हुने भएको छ । नेता रघुजी पन्तका अनुसार बैठकमा पार्टी एकता, आफ्नो समूहको रणनीतिलगायतका विषयमा छलफल केन्द्रीत हुने जनाएको छ ।

हिजोको बैठकमा रामकुमारी झाँक्री, विजय पौडेलसहित एक दर्जन बढी केन्द्रीय सदस्यहरुले धारणा राखेका थिए । धारणा राख्ने क्रम आज पनि जारी रहनेछ ।