५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रिमियर लिगः म्यान्चेस्टर सिटीले फुलहमलाई हरायो



अ+ अ-

एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत म्यान्चेस्टर सिटीले संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा सिटीले घरेलु मैदान इतिहाडमा फुलहमलाई २–१ गोलले हराएको हो ।

खेलको १६ औं मिनेटमा जुलियन अल्भारेजले गोल गर्दै सिटीलाई सुरुवाती अग्रता दिलाएका थिए । २८ औं मिनेटमा एन्ड्रीयाज पेरेइराले पेनाल्टीमार्फत गोल गर्दै फुलहमलाई १–१ को बराबरीमा ल्याए । खेल सकिनै लाग्दा इन्जुरी समयको अन्तिम मिनेटमा एर्लिङ हालाण्डले पेनाल्टीमा गोल गर्दै सिटीलाई जित दिलाए ।

खेलको २६ औं मिनेटमा जोआओ कान्सेलोले रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि सिटी १० खेलाडीमा समेटिएको थियो ।

जितसँगै म्यान्चेस्टर सिटी अंकतालिकाको शीर्षस्थानमा उक्लिएको छ । सिटीको १३ खेलबाट ३२ अंक छ । यता, फुलहम १४ खेलबाट १९ अंकसहित आठौं स्थानमा छ ।

यसैबीच, शनिबार राति नै भएको अर्को खेलमा लेस्टर सिटीले एभर्टनलाई उसकै मैदानमा २–० गोलले हराएको हो । लेस्टरलाई जित दिलाउन खेलको ४५ औं मिनेटमा योरी टिलेमान्स र ८६ औं मिनेटमा हार्भी बान्र्सले गोल गरे ।

१४ खेलबाट १४ अंकसहित लेस्टर तालिकाको १३ औं स्थानमा रहँदा समान खेलबाट समान अंक रहेपनि एभर्टन ‘जीडी’को आधारमा १५ औं स्थानमा छ ।