१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

एमालेद्वारा प्रदेश प्रतिबद्धता सार्वजनिक

एमालेद्वारा प्रदेश प्रतिबद्धता सार्वजनिक
अ अ+ अ-

मोरङ । नेकपा (एमाले) प्रदेश नं १ ले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनलाई ध्यानमा राखेर प्रदेशस्तरीय चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।

पार्टी स्थायी कमिटी सदस्य गुरु बराल, प्रदेश कमिटी अध्यक्ष तुलसीप्रसाद न्यौपाने, केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह लगायतले संयुक्त रुपमा प्रतिबद्धतापत्र सार्वजनिक गरे । प्रतिबद्धतामा २६ वटा एजेण्डा समावेश गरिएको छ । एमालेको तीन वर्ष छ महिनामा सरकार सञ्चालनको अवधिमा गरेको मुख्य÷मुख्य कामको उपलब्धि समावेश गरिएको छ ।

प्रदेशमा भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्ने, जनप्रशासनलाई व्यापक सुधार गर्ने प्रतिबद्धतामा उल्लेख गरिएको छ । यसैगरी जनप्रतिनिधिले शासक होइन जनताको सेवकको रुपमा कार्य गर्ने, प्रदेशमा कृषिको व्यवसायीकरण, कृषि यान्त्रिकरण, मलखाद, सिँचाइ, उद्योगको स्थापना, पर्यटन क्षेत्रमा पूर्वाधारको निर्माण गरी जनताको जीवनस्तर सुधार्ने उल्लेख गरिएको छ । प्रदेशको अवस्था र मौलिकतामा आधारित गरेर प्रतिबद्धता सार्वजनिक गरिएको छ ।

प्रतिबद्धतापत्रमा प्रदेशलाई आत्मनिर्भर बनाउने र मुलुकको समृद्धिमा योगदान गर्नेलगायत विषय प्राथमिकतामा राखिएको छ । प्रतिबद्धतापत्रमा प्रदेशलाई मुलुकको प्रवेशद्वार रुपमा विकास गर्ने कुरा समावेश गरिएको छ ।

यसैगरी विराटनगर विमानस्थललाई क्षेत्रीय अन्तर्राष्ट्रिय बनाउने, एसियन हाइवेमार्फत भारत, बङ्गलादेश, भुटान, चीन, बर्मासँग जोड्ने, हवाई सेवाबाट हङकङ र थाइल्याण्डसँग जोड्ने, किमाथाङ्का–जोगबनी सडक खुलेपछि सामान र मानव आवागमनको क्षेत्र बन्ने सम्भावनाको अधिकतम उपयोग गर्ने कुरा प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।

गरिबीलाई सम्बोधन गर्न विपन्न वर्ग परिचयपत्र वितरण गर्ने, एमालेको सरकारले सुरू गरेका प्रदेश गौरवको आयोजना पूरा गर्नेलगायत विषय प्रतिबद्धतापत्रमा समेटिएको छ ।

सङ्घीय राजधानीसँग जोड्ने छोटो जलमार्ग र सडकमात्र खोल्ने, हिमालको उपयोग, छोटो ट्रयाकबाट हिमाल लैजाने, हिमाल चढ्नेका लागि तालिम दिने, माउन्टेनियरिङ इन्स्टिच्युट बनाउने, युवा वर्ग र युवा वैज्ञानिकलाई प्रोत्साहन गर्ने तथा रोजगारी सिर्जना गरिने कार्ययोजना प्रतिबद्धतापत्रमा उल्लेख गरिएको छ ।