२७ मंसिर २०८२, शनिबार
,
Latest
अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ वर्तमान पाठ्यक्रममा परिमार्जन गर्न जरुरी छः मुख्यमन्त्री बानियाँ ‘सौन्दर्य व्यवसाय महिलाको आर्थिक सशक्तीकरणसँग गाँसिएको छ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिंहदरबार गेटमा मोटरसाइकलले ठक्कर दिँदा परराष्ट्र मन्त्रालयकी शाखा अधिकृतको मृत्यु



अ+ अ-

काठमाडौं । काठमाडौंको सिंहदरबार गेटमा मोटरसाइकलको  ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

बिहीबर साँझ हनुमानस्थानबाट अनामनगर चोकतर्फ जाँदै गरेको प्रदेश ३–०२–००८ प ३६१७ नम्बरको मोटरसाइकलले पैदलयात्री अनामनगर बस्ने परराष्ट्र मन्त्रालयकी शाखा अधिकृत ३२ वर्षीया आस्था सुब्बालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएकी सुब्बाको उपचारको क्रममा काठमाडौं मोडल अस्पतालमा मृत्यु भएको प्रहरी वृत्त सिंहदरबारले जनाएको छ । कार्यालय सकाएर घर जाँदै गरेको उनलाई बाटो काट्ने क्रममा मोटरसाइकलले ठक्कर दिएको थियो ।

घाइते मोटरसाइकल चालकको महाराजगञ्ज स्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।