१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्नुस्: अध्यक्ष ओली

मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्नुस्: अध्यक्ष ओली
file
अ अ+ अ-

काठमाडौँ । नेकपा (एमाले) आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा ‘राष्ट्रियहितको रक्षा र संवर्द्धन: स्थायित्व, सुशासन र विकासको प्रवर्द्धन’ मुख्य सङ्कल्प बोकेर मतदातासमक्ष जाने भएको छ ।

अघिल्लो निर्वाचनमा नेपाली जनताले राजनीतिक स्थायित्व र समद्धिका लागि मत दिएर मुलुकको सबैभन्दा ठूलो पार्टी बनाएको घटनाको स्मरण गर्दै एमालेले आगामी निर्वाचनका लागि जारी गरेको घोषणापत्रमा एक मतले देशको भाग्य कोर्ने भएकाले अमूल्य मत खसाल्नुअघि गम्भीरतापूर्वक विचार गर्न अपिल गरेको छ ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले डिजिटल अनावरण गरी जारी भएको घोषणापत्रमा मुलुकमा न्याय, समानता र समृद्धिका जनआकाङ्क्षा पूरा गर्न एमालेले अविचलित निष्ठाका साथ लडिरहने सङ्कल्प गरेको छ । आगामी निर्वाचन विभिन्न सङ्कटको चक्रव्यूहबाट मुलुकलाई मुक्त गर्ने निर्णायक अवसर भएको उल्लेख गर्दै अध्यक्ष ओलीले भन्नुभयो, “देशका समस्या देशभित्रैबाट समाधान गर्न हामी सक्षम छौँ भनी संसारलाई देखाउने अनुकूल समय हो ।”

गम्भीर र संवेदनशील राष्ट्रिय परिस्थितिका बीचमा हुन गइरहेको निर्वाचनको विशेष महत्त्व रहेको उल्लेख गर्दै एमालेले भनेको छ, “हामीले खसाउने प्रत्येक मतले मुलुकको आगामी बाटो र भविष्यको फैसला गर्नेछ ।”

कोभिड महामारीको चुनौतीबीच पनि एमाले नेतृत्वको सरकार इतिहासकै सर्वाधिक गतिशील, उपलब्धिपूर्ण र सफल रहेको दाबी गर्दै छोटो अवधिमै संविधानको सफल कार्यान्वयन गरेको विषय घोषणापत्रमा समेटिएको छ ।

प्रदेश र स्थानीय सरकार गतिशील बनेको, संविधान निर्माण भएको तीन वर्ष र निर्वाचनको पहिलो वर्षभित्रै सङ्घीयताको सफल कार्यान्वयनको उदाहरण विश्वमै नौलो भएको, संविधानप्रति असन्तुष्ट दलसमेत सरकारमा सहभागी हुनु, संविधानको कार्यान्वयनमा सहमत बन्नु र संविधानको सर्वस्वीकार्यता स्थापित हुनुलाई त्यस अवधिका उल्लेख्य उपलब्धिका रूपमा घोषणापत्रमा चित्रण गरिएको छ ।

सार्वभौम समानता, पारस्परिक लाभ एवं सम्मान र अहस्तक्षेपका मान्यतामाथि आधारित भएर विदेश सम्बन्ध सदृढ गरिएको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ “कतिपय नसुल्झेका समस्या सुल्झायौँ र नयाँ कामअघि बढाई सम्बन्धलाई नयाँ उचाइमा पु¥यायौँ ।”

घोषणापत्रमा नयाँ नक्सा प्रकाशनमा ल्याएको, अतिक्रमित भूमि फिर्ताका लागि कूटनीतिक संवाद सुरु गरेको, नेपालले बाह्य सम्बन्ध विस्तार र सुदृढीकरणमा गुणात्मक विकास गरेको घटना स्मरण गरिएको छ । एमालेले राष्ट्रिय स्वाधीनता र स्वाभिमानको अभिवृद्धि गर्न जरुरी रहेको उल्लेख गरेको छ ।

एमाले नेतृत्वकालमा भूकम्पपछिको पुनःनिर्माणमा अन्तर्राष्ट्रिय जगत्ले समेत प्रशंसा गरेको उदाहरणीय सफलताका रूपमा रहेको, सरकार निर्माणपछि लगातार सात प्रतिशतभन्दा माथिको आर्थिक वृद्धि गरेको, बाह्य लगानीमा ठूलो परिमाणमा वृद्धि भएको घोषणापत्रमा दाबी गरिएको छ ।

एमालेले ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा हासिल गर्ने दिशामा प्राप्त उपलब्धिले जनतामा सुखद् भविष्यप्रति विश्वास बलियो र मनोबल उच्च बनाएको उल्लेख गरेको छ । घोषणापत्रमा आगामी निर्वाचनमार्फत गतिहीनता, अवरोध र उल्टो यात्रालाई रोकी देशलाई शान्ति, स्थिरता, स्थायित्व, भ्रष्टाचार नियन्त्रण र सुशासन तथा विकासको बाटोमा अग्रसर गराउन आवश्यक रहेको उल्लेख गरिएको छ ।