२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

एलन मस्कले किन हटाए ट्वीटर सीईओ अग्रवालसहितका कर्मचारी ?



अ+ अ-

एजेन्सी । विश्वका सबैभन्दा धनी व्यक्ति तथा टेस्ला कम्पनीका मालिक एलन मस्कले ट्विटरका प्रमुख कार्यकारी अधिकृत पराग अग्रवाललाई बर्खास्त गरेका छन् ।

उनीसँगै मुख्य वित्तीय अधिकारी (सीएफओ) नेद सहगल र कानुनी मामिला तथा नीति प्रमुख विजया गड्डेलाई पनि बर्खास्त गरिएको छ ।

उनले सामाजिक सञ्जाल प्लेटफर्ममा नक्कली खाताहरूको संख्याको बारेमा आफू र ट्विटरका लगानीकर्ताहरूलाई भ्रमित गरेको आरोप लगाएका छन् । मिडिया रिपोर्टका अनुसार पराग अग्रवाल र नेद सहगलले कम्पनीको सान फ्रान्सिस्को मुख्यालय छोडेका छन् ।

अक्टोबर २७ मा, एलन मस्क सान फ्रान्सिस्कोमा ट्विटरको मुख्यालय पुगे र कर्मचारीहरूसँग कुरा गरे । त्यसका केही तस्विरहरु ट्वीटरमा शेयर गरिएको छ ।

मस्कले आफ्नो ट्विटर ह्यान्डलको बायो पनि परिवर्तन गरेका छन् । उनले बायोमा ुचीफ ट्विटु लेखेका छन् ।