५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar ओलीलाई पोखरेलको आग्रह : ‘पार्टीलाई नयाँ नेतृत्वतर्फ लैजान अब बाटो खोलौं’ News Polar भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न १५ सदस्यीय संसदीय विशेष समिति गठनको तयारी News Polar सभामुख अर्यालसँग भारतीय राजदूत श्रीवास्तवले गरे विदाई भेट News Polar बाढीपीडितको पुनःस्थापना र पुनर्निर्माणका लागि सरकारले सबै निकाय र पक्षसँग सहकार्य गरिरहेको छ : सञ्चारमन्त्री डा तिमिल्सिना News Polar जलन उपचारका लागि विशेषज्ञ जनशक्ति तयार गर्न ३० दिने तालिम सञ्चालन गर्दै स्वास्थ्य मन्त्रालय News Polar त्रिपुरेश्वर बस आगलागीमा घाइते चालकको ९० प्रतिशत शरीर जलेको चिकित्सकको भनाइ News Polar एउटै घरभित्र तीन दशकको इतिहास News Polar रसुवा–भोटेकोशी बाढीका सम्पर्कविहीनको तथ्यांक रुजु गरिँदै News Polar राष्ट्रसंघ महासभामा जानुअघि प्रधानमन्त्री शाहले कांग्रेस नेतासँग गरे छलफल News Polar बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमद्वारा विभिन्न राहत तथा सञ्चार सुविधामा गरिएका थप व्यवस्था सम्बन्धम News Polar न्युयोर्कमा राष्ट्रसङ्घीय महाभेला, जम्मा हुँदै विश्वका नेताहरु News Polar उज्बेकिस्तानको समरकन्दमा चेस ओलम्पियाड, नेपाली खेलाडीहरु पनि प्रतिष्पर्धामा News Polar ओलीको असन्तुष्टि : बाहिरबाट हमला भइरहेका बेला पार्टीभित्रै समस्या सिर्जना भयो News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु,केन्द्रीय सदस्यलाई ३ मिनेट समय निर्धारण News Polar रिद्धिसिद्धी यातायातको बसमा चालकले लगाए आगो, घाइते चालक अस्पतालमा News Polar एमाले केन्द्रीय कमिटी बैठक सुरु News Polar त्रिपुरेश्वरमा रिद्धि सिद्ध यातायातको बसमा आगलागी News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र

पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब

पहिलो त्रैमासमा वाणिज्य बैंकको खुद ब्याज नाफा साढे ४९ अर्ब
अ+ अ-

काठमाडौँ । तरलता अभावका कारण बैंक तथा वित्तीय संस्थाले ब्याजदर (कर्जा र निक्षेप) बढाएपछि यतिबेला देशभरका उद्योगी व्यवसायी विरोधमा छन् ।

कर्जाको ब्याजदर घटाउन नियामकले पहल गर्नुपर्ने भन्दै उनीहरुले निरन्तर दबाब दिइरहेका छन् । वाणिज्य बैंकहरुले कर्जाको ब्याजदर १८ प्रतिशतसम्म पु¥याएपछि उद्योगी तथा व्यवसायी आन्दोलित भएका हुन् । गतवर्षको तुलनामा यसवर्ष तिर्नुपर्ने ब्याज दोब्बर भएपछि उनीहरुले यसको समाधान तत्काल हुनुपर्ने माग गर्दै आएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष (आव) को पहिलो दुई महिनामा कर्जाको ब्याजदर औसत आठ दशमलव ५७ प्रतिशत रहेकोमा चालु आवको सोही अवधिमा १२ दशमलव ०६ प्रतिशत पुगेको छ । जुन तीन दशमलव ४९ प्रतिशत विन्दुले बढी हो ।

तर ब्याजदर वृद्धिले वाणिज्य बैंकको खुद नाफामा भने सकारात्मक प्रभाव देखिएको छ । वाणिज्य बैंकहरुले प्रकाशित गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार खुद ब्याज नाफा २८ दशमलव ४४ प्रतिशतले बढेको छ । वाणिज्य बैंकहरुले चालु आवको त्रैमासमा रु ४९ अर्ब ६२ करोड ४३ लाख ९० हजार ब्याज नाफा आर्जन गरेका छन् भने गत आवको सोही अवधिमा यस्तो नाफा रु ३५ अर्ब ६५ करोड ८६ लाख ७८ हजार थियो ।

चालू आवको समीक्षा अवधिमा सबैभन्दा बढी ब्याजबाट नाफा आर्जन गर्नेमा नबिल बैंक अगाडि छ । बैंकले यस अवधिमा रु तीन अर्ब ६७ करोड ७१ लाख ७९ हजार ब्याजबाट नाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा नबिल बैंकको ब्याज नाफा रु दुई अर्ब २४ करोड १५ लाख २७ हजार थियो ।

ब्याजबाट बढी नाफा आर्जन गर्नेमा एनआइसी एसिया बैंक दोस्रो र ग्लोबल आईएमई बैंक तेस्रो नम्बरमा छन् । यी दुई बैंकले असोज मसान्तसम्ममा क्रमशः रु तीन अर्ब ४१ करोड ४ लाख ९६ हजार र रु तीन अर्ब २० करोड २७ लाख चार हजार खुद ब्याजबाट नाफा कमाएका छन् ।

राष्ट्रिय वाणिज्य बैंकको खुद ब्याज नाफा रु तीन अर्ब १८ करोड ३८ लाख ९९ हजार छ । नेपाल इन्भेष्टमेन्ट बैंक, सिद्धार्थ बैंक र एनएमबि बैंकले क्रमशः रु दुई अर्ब १२ करोड ९५ लाख, रु दुई अर्ब १२ करोड ८५ लाख र रु दुई अर्ब पाँच करोड ४२ लाख ब्याजबाट नाफा आर्जन गरेका छन् ।

प्रभु र कुमारी बैंकले रु एक अर्ब ९७ करोड कमाएका छन् भने नेपाल बैंक लिमिटेडले रु एक अर्ब ९० करोड खुद ब्याजबाट नाफा गरेको छ । एभरेस्ट बैंक र प्राइम कमर्सियल बैंकले रु एक अर्ब ८८ करोड ब्याज नाफा आर्जन गरेका छन् । साथै, कृषि विकास बैंकले रु एक अर्ब ८३ करोड, हिमालयन बैंकले एक अर्ब ८० करोड र मेगा बैंकले एक अर्ब ७९ करोड खुद ब्याज नाफा आर्जन गर्न सफल भएका छन् ।

समीक्षा अवधिमा सानिमा बैंकको ब्याज नाफा आर्जन एक अर्ब ६० करोड छ भने लक्ष्मी बैंकको एक अर्ब ५१ करोड छ । माछापुच्छ्रे, सिटिजन्स र सनराइज बैंको ब्याज नाफा क्रमशः एक अर्ब ४७ करोड, एक अर्ब ४५ करोड र एक अर्ब ४३ करोड छ ।

स्ट्यान्डर्ड चार्टर्ड बैंकले रु एक अर्ब ४१ करोड, नेपाल एसबीआई बैंकले रु एक अर्ब २९ करोड, बैंक अफ काठमाण्डूले रु एक अर्ब २२ करोड, सिभिल बैंकले रु एक अर्ब १५ करोड र एनसीसी बैंकले रु एक अर्ब १२ करोड खुद ब्याज नाफा गरेका छन् । त्यसैगरी सेञ्चुरी कमर्सियल बैंकले सबैभन्दा कम एक अर्ब ७ करोड ६२ लाख ४१ हजार खुद नाफा आर्जन गरेको छ ।

समीक्षा अवधिमा सबैभन्दा बढी ब्याज नाफा बढाउनेमा एभरेष्ट बैंक छ । एभरेष्ट बैंकले गत आवको तुलनामा चालु आवको समीक्षा अवधिमा ४२ दशमलव नौ प्रतिशतले ब्याज नाफा बढाएको छ । त्यस्तै, लक्ष्मी बैंकले ४१ दशमलव तीन प्रतिशत, नेपाल इन्भेष्टमेन्ट बैंकले ३९ दशमलव ९४ प्रतिशत र नबिल बैंकले ३९ दशमलव चार प्रतिशतले ब्याज नाफा बढाएका छन् ।

नेपाल राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुको औसत आधारदर २०७८ भदौमा छ दशमलव ८९ प्रतिशत रहेकामा २०७९ भदौमा १० दशमलव एक प्रतिशत छ । २०७९ भदौमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर सात दशमलव ८१ प्रतिशत र कर्जाको भारित औसत ब्याजदर १२ दशमलव छ प्रतिशत छ । रासस