१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

सयुक्त राष्ट्रसङ्घ स्थापना दिवस: सैनिक मुख्यालयमा अन्तर्राष्ट्रिय सेमिनार

सयुक्त राष्ट्रसङ्घ स्थापना दिवस: सैनिक मुख्यालयमा अन्तर्राष्ट्रिय सेमिनार
अ अ+ अ-

काठमाडौं । संयुक्त राष्ट्रसङ्घ स्थापना दिवसको अवसर पारेर विश्व शान्ति स्थापना कार्यमा नेपाल र नेपाली सेनाको सहभागिता तथा योगदानको स्मरणमा आज सैनिक मुख्यालय जङ्गी अड्डामा अन्तर्राष्ट्रिय सेमिनार आयोजना गरिएको छ । उक्त समारोहमा मुख्य सचिव शङ्करदार वैरागीले संयुक्त राष्ट्रसङ्घ स्थापनाको ७७ वर्ष पुगेको साथै राष्ट्रसङ्घमा नेपालको ६० वर्ष लामो सदस्यता तथा विश्व शान्ति स्थापनामा नेपालको ६४ वर्ष लामो सहभागिताको स्मरण गराउनुभयो ।

उहाँले सन् १९५५ बाट संयुक्त राष्ट्रसङ्घको सदस्य भएदेखि नै नेपालको विकासका लागि सङ्घ एक महत्वपूर्ण साझेदारको रुपमा रहेको तथा संयुक्त राष्ट्रसङ्घ र यसका एजेन्सीहरूले अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त सहस्राब्दी विकास लक्ष्य तथा दिगो विकास लक्ष्य हासिल गर्ने प्रयासमा पु¥याएको योगदानको प्रशंसा गर्नुभयो ।

मुख्य सचिव वैरागीले नेपालद्वारा संयुक्त राष्ट्र सङ्घीय शान्ति स्थापना कार्यमा चुनौतीपूर्ण परिस्थिति तथा स्थानमा खटिई आफूलाई व्यावसायिक, दक्ष र भरपर्दो शान्ति सैनिकको रुपमा ख्याति र प्रतिष्ठा कमाउन सफल रहेको भन्दै नेपाली सेनाको प्रशंसा गर्नुभयो । उहाँले भविष्यमा पनि विश्व शान्ति स्थापनार्थ शान्ति सैनिकहरुको दक्षता अभिवृद्धिलाई प्राथमिकता दिई महिला शान्ति सैनिकहरुको सङ्ख्या वृद्धि गर्दै संयुक्त राष्ट्रसङ्घको आवश्यकताअनुसार १० हजारसम्म शान्ति सैनिकहरु खटाउन नेपाल सरकार कटिबद्ध रहेको उल्लेख गर्नुभयो ।

समारोहमा प्रधान सेनापति प्रभुराम शर्माले विश्व शान्ति स्थापनार्थ आफ्नो जीवन आहुती दिने शान्ति सैनिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली शान्ति सैनिकहरुले विश्व शान्ति स्थापनार्थ जटिल वातावरण र चुनौतिका बाबजुद अब्बल सावित गर्दै आएको स्मरण गराउनुभयो । उहाँले विश्व शान्ति स्थापनार्थ नेपाली शान्ति सैनिकहरुको छ दशक लामो सक्रिय संलग्नतामा नेपालले सदैव दक्ष, व्यवसायिक तथा विशेषज्ञ शान्ति सैनिकहरु प्रदान गर्दै आएको र संयुक्त राष्ट्रसंघको लैङ्गिक समानता रणनीति–२०२८ अनुरुप पछिल्ला केही वर्षमा महिला शान्ति सैनिकहरुको सहभागितामा वृद्धि गर्नुका साथै भविष्यमा समेत उक्त वृद्धि जारी रहने उल्लेख गर्नुभयो ।

सेमिनारमा विश्व शान्ति स्थापनामा नेपाली सेनाले पु¥याएको योगदान तथा उपलब्धिहरु समेटिएको कफी टेबल बुकको प्रधानसेनापति शर्मा र विशेष अतिथिको रुपमा सहभागी संयुक्त राष्ट्रसङ्घ मुख्यालका सैनिक सल्लाहकार जनरल विरामे डोयपेले संयुक्त रुपमा विमोचन गर्नुभएको थियो । रासस