१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्टिय समुदायको किन बढ्यो चासो?

नेपालको हवाई क्षेत्रमा अन्तर्राष्टिय समुदायको किन बढ्यो चासो?
फाईल फोटो
अ अ+ अ-

काठमाडौँ । अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को अडिट प्रतिवेदनमा नेपालले हवाई सुरक्षा परिपालनादर विश्वव्यापीभन्दा माथि अर्थात् ७० दशमलव एक प्रति प्राप्त गरेको छ । आइकाओले यसैवर्ष नेपालमा गरेको हवाई सुरक्षा अडिटको अन्तिम प्रतिवेदन हालै नेपालको नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणले सार्वजनिक गरेको थियो ।

नेपालले प्राप्त गरेको यो स्कोर ग्लोबल एभरेजभन्दा माथि हो । एशिया प्रशान्त क्षेत्रको भन्दा अगाडि छ । प्राधिकरणका अनुसार एशिया प्रशान्त क्षेत्रको उड्डयन सुरक्षादर ६४ दशमलव पाँच र विश्वव्यापी सुरक्षादर ६७ प्रतिशत रहेको छ । मुलुकको हवाई क्षेत्रमा प्राप्त यो उपलब्धिप्रति अन्तर्राष्ट्रिय समुदायको चासो र सद्भाव बढेको छ । पछिल्ला दिनमा बहुर्राष्ट्रिय निकायले हवाई सुरक्षाबारे अध्ययन तथा अडिट गरेका छन् । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षा राम्रो रहेको सन्देश दिएको प्राधिकरणका हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले बताउनुभयो ।

“आइकाओको अडिट प्रतिवेदनपछि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढेको छ”, उहाँले भन्नुभयो, “यसले असाध्यै राम्रो सन्देश दिएको छ, नेपालको हवाई सुरक्षा प्रणाली राम्रो रहेको छ, नेपालले हासिल गरेको विश्वव्यापी हवाई परिपालनादरबाट नेपाल सबल देशभित्र परेको छ जुन देशको लागि गौरबको विषय पनि हो ।” हाल नेपालमा नौ फिक्सविङ र ११ हेलिकप्टर कम्पनीसहित कूल २० वायुसेवा कम्पनी सञ्चालनमा छन् । नेपालमा सबै प्रकारका गरी एक सय हाराहारी वायुयान छन् । त्यसमा करिब ८० जहाज र हेलिकोप्टर ४० छन् । हालसम्म देशभर नौ सय ड्रोन दर्ता भएको प्राधिकरणले जनाएको छ ।

नेपालको हवाई क्षेत्रमाथि अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव बढ्नु सकारात्मक रहेको र यसले नेपालको नागरिक उड्डयन क्षेत्र विश्वव्यापी मापदण्डको छ भन्ने सन्देश गएको उहाँले उल्लेख गर्नुभयो । नेपालको हवाई क्षेत्रप्रति प्राधिकरणले आइकाओको सहयोगमा मुलुकको हवाई सुरक्षा परिपालन दर ८० प्रतिशत कायम गर्ने लक्ष्यसहित मुलुकको हवाई क्षेत्रको सुधारात्मक कामलाई प्राथमिकता दिएको छ ।

आइकाओको अडिट प्रतिवेदनबाट नेपालले उत्कृष्ट नतिजा हासिल गरेको भन्दै प्रतिवेदनले औँल्याएका कमीकमजोरी निर्मूल गर्न गृहकार्य सुरु गरिसकेको उपमहानिर्देशक श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार अडिटपछि प्राधिकरणले प्राधिकरणले सेफ्टी हेर्ने निकायलाई अलग्गै बजेट र जनशक्तिको व्यवस्था गरेको छ । उड्डयन सुरक्षा सुदृढीकरण गर्न प्राधिकरणको सुरक्षा निर्देशनालयमा उपमहानिर्देशकको नेतृत्व रहनेछ ।

त्यसअन्तर्गत सेवा प्रदायक र नियमनकारी क्षेत्रमा कार्यरत कर्मचारीको एक अर्को क्षेत्रमा सरुवा नहुने व्यवस्था कार्यान्वयन गरिएको छ । पछिल्ला दिनमा बहुर्राष्ट्रिय निकायबाट हवाई सुरक्षाबारे धमाधम अध्ययन तथा अडिट भइरहेको छ । यसले मुलुकको समग्र हवाई सुरक्षा प्रणालीप्रति विश्वको ध्यान खिचेको र नेपालको हवाई सुरक्षाप्रति अन्तर्राष्ट्रिय सरोकारवालाको विश्वास अभिवृद्धि भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मुलुकको हवाई क्षेत्रमा अन्तर्राष्ट्रिय निकायको चासो र सद्भाव रहनु नेपालको हवाई सुरक्षा प्रणाली राम्रो छ, भन्ने सन्देश गएको छ ।”

बहुर्राष्ट्रिय निकायबाट अध्ययन

आइकाओको अडिट रिपोर्टपछि एकपछि अर्को अन्तर्राष्ट्रिय निकायले नेपालको हवाई क्षेत्रबारे अध्ययन र छलफल गरेका छन् । आइकाओको अडिट लगत्तै यरोपेली सङ्घ ९इयू० को प्राविधिक टोलीले नेपालको हवाई सुरक्षा प्रणालीबारे अडिट गरेको थियो । गत अप्रिल १२ देखि २५ तारिखसम्म इयूको टोलीले नेपालको हवाई सुरक्षा परिपालनाका विषयमा अध्ययन गरेको हो ।

इयूको टोलीले अक्टोबर ६ देखि ८ तारिखसम्म अध्ययन गरेको थियो । नेपालले गरेको प्रगतिप्रति इयूको टोली उत्साहित बनेको थियो । त्यस लगत्तै विश्व बैंकको विज्ञ टोलीले अक्टोबर ११ देखि १९ सम्म प्राधिकारका उच्च अधिकारी र हवाई उद्योगसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेको थियो ।

उक्त टोलीले समेत नेपालमा सुरक्षा अभिवृद्धिमा दक्षजनशक्ति रहेको भन्दै सन्तुष्टि व्यक्त गरेको प्राधिकरणले जनाएको छ । पछिल्लो पटक अक्टोबर २० देखि २२ सम्म संयुक्त राज्य अमेरिकाको नागरिक उड्डयनको नियामक निकाय ‘फेडेरल एभिएसन एड्मिनिष्ट्रेसन’ को एक मिसनले नेपालको हवाई क्षेत्रका सरोकारवालासँग छलफल गरेको थियो ।

अमेरिकी नियामक निकायको अध्ययन

अमेरिकी नियामक निकायको टोलीले नेपालको हवाई सुरक्षाको अवस्थाबारे हालै सरोकारवालासँग छलफल गरेको छ । एफएएका दक्षिण एशिया हेर्ने प्रमुख प्रतिनिधि डेनियल जकोबले नेपालको हवाई सुरक्षा प्रणालीबारे विज्ञ सरोकारवालासँग छलफल गर्नुभएको प्राधिकरणका प्रवक्ता निरौलाले बताउनुभयो ।

नेपाल र अमेरिकाबीच हवाई सेवा सम्झौताको तयारी अगाडि बढिरहेको सन्दर्भमा अमेरिकाले नेपालको हवाई सुरक्षाबारे अध्ययन गर्नु सकारात्मक विषय भएको उहाँले उल्लेख गर्नुभयो ।

कहिले हुदैँछ अमेरिकासँग हवाई सम्झौता

अमेरिकासँग सिधा हवाई उडानका लागि द्विपक्षीय हवाई सम्झौता गर्नेबारे संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र प्राधिकरणले सरोकारवालासँग छलफल गरिरहेको छ । “एकीन मिति तय भएको छैन, आगामी नोभेम्बर या डिसेम्भरमा हवाई सम्झौता हुन्छ अमेरिकाले पठाएको हवाई सम्झौताको मस्यौदामाथि अहिले छलफल भइरहेको छ”, प्राधिकरणका प्रवक्ता निरौलाले भन्नुभयो । नेपालसँग हवाई सम्झौता गर्न अमेरिका आफैले चासो देखाएर सम्झौताको मस्यौदा पठाएको प्राधिकरणले जनाएको छ । नेपालले हाल ४० देश र युरोपेलीय सङ्घ ९इयू० गरी ४१ मुलुकसँग द्विपक्षीय हवाई सम्झौता गरेको छ ।

इयू सकारात्मक

नेपालको हवाई उड्डयन इयूको प्राविधिक टोली सकारात्मक देखिएको छ । इयू अन्तर्गतको युरोपियन एभिएसन सेफ्टी एजेन्सीको अडिट टोलिले नेपालको समग्र हवाई सुरक्षाबारे सकारात्मक प्रतिक्रिया दिएको प्राधिकरणले जनाएको छ । यद्यपि अक्टोबर २८ मा नेपाललाई प्रतिवेदन दिने प्रारम्भिक कार्यक्रम छ ।

इयूले विगत १० वर्षदेखि नेपाललाई ‘उड्डयन सुरक्षा सूची’मा राखेको छ । यसअघि नेपालको हवाई उड्डयन सुरक्षामा जोखिम बढेको जनाउँदै आइकाओले सन् २०१३ मा नेपाली वायुसेवालाई गम्भीर सुरक्षा चासोको सूचीमा राखेको थियो । पछि सन् २०१७ मा नेपालले प्रगति गरेको भन्दै आइकाओले उक्त सुरक्षा सूचीबाट हटाएको थियो । रासस