७ माघ २०८१, सोमबार
,
Latest
अटोरिक्सा दुर्घटना हुँदा एकजनाको मृत्यु, तीन घाइते दस जनालाई ‘नइ पुरस्कार’ कृषि विधेयकमा कृषिको जैविक विविधताको विषयहरु समेटिनुपर्छः महामन्त्री थापा वीरगञ्ज भन्सारद्वारा छ महिनामा ८० अर्ब राजस्व सङ्कलन सिङ्गो बस्ती नै शौचालयविहीन डोनाल्ड ट्रम्पले भने–म तेस्रो विश्व युद्ध रोक्नेछु (फोटोफिचर) खानेपानी संस्थानद्धारा वीरगञ्जमा ओभरहेड ट्याङ्की निर्माणका लागि प्रक्रिया सुरु यु–१९ महिला विश्वकप क्रिकेटः नेपालले स्कटल्यान्डलाई दियो ७४ रनको लक्ष्य साहारा चितवन सहकारी प्रकरण: प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन बैंकको ऋण नतिर्न उक्साउने अराजक गतिविधिका कारण अर्थतन्त्रमा केही स्लो डाउन छः गभर्नर अधिकारी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै



अ+ अ-

काठमाडौँ । कार्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडाकुँडा किनेर ल्याई घरमा राखिँदैछ ।

यसरी ल्याइएको भाँडाकुँडामा कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ । यसरी पूजाआराधना गरेमा लक्ष्मी स्थिर भई बस्छिन् भन्ने वैदिक सनातन हिन्दू धार्मिक विश्वास छ । धनतेरसका दिन सुनचाँदीको गहना किनेर ल्याउने प्रचलनसमेत छ । धार्मिक विश्वासकै कारण आज भाँडाकुँडा एवं गरगहना किन्नेको भीड लाग्ने गर्छ ।

आजको दिनलाई धन त्रयोदशी, भाण्ड त्रयोदशी जस्ता नामले समेत चिनिन्छ । आजका दिन नयाँ भाँडा किनेमा लक्ष्मीले सधैँ घरमा बास गर्छिन् भन्ने धार्मिक विश्वास छ । यस विश्वासका आधारमा भाँडा पसलमा बिहानैदेखि ग्राहकको भीड लागेको छ । भाँडा पसलमा एक साताअघिदेखि नै तामा, पित्तललगायत धातुका भाँडा आकर्षक रुपमा साजसज्जा गरी राखिएको छ ।

यमपञ्चकको पहिलो दिन आज साँझदेखि यमराजलाई प्रसन्न बनाउन घरमा परिवार सङ्ख्याअनुसार यमदीप दान सुरु गरिँदैछ । यसरी दीप दान गर्नाले यम यातनाबाट मुक्त भइन्छ भन्ने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतमले जानकारी दिए । आज धनका अधिपति कुबेरको जन्मदिन हो भन्ने शास्त्रीय एवं पौराणिक मान्यताका आधारमा विशेष पूजाआराधनासमेत गरिन्छ । केहीले आज कुबेरको पूजाआराधना गरे पनि केहीले भने लक्ष्मीपूजाकै दिन कुबेरको पूजाआराधना गर्छन् ।

दीपावली, तिहार, यमपञ्चक जस्ता नामले परिचित यो पर्व नेपालीले मनाउने दसैँपछिको दोस्रो ठूलो चाड हो । आजदेखि विधिवत् रुपमा कार्तिक शुक्ल द्वितीयासम्म घर, व्यापारिक प्रतिष्ठानलगायत स्थानमा झिलीमिली बत्ती बालेर दीपावली गरिन्छ ।

यमपञ्चक आजदेखि सुरु भए पनि काग तिहार भने आइतबार परेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । धन्वन्तरि जयन्ती पनि आइतबार नै मनाइन्छ ।