२३ आश्विन २०८१, बुधबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

ओलीले सर्वसाधारणसँग टेलिफोनमा बिताए ४ घण्टा



अ+ अ-

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वसाधारणसँग प्रत्यक्ष टेलिफोन संवाद गरेका छन् ।

ओलीले पार्टी मुख्यालय च्यासलबाट सर्वसाधारणसँग टेलिफोनमा संवाद गरेका हुन् ।

ओलीले आफूसँग प्रत्यक्ष जोडिन फेसबुकमार्फत नाम र नम्बर टिपाउन सार्वजनिक रूपमा आह्वान गरेका थिए । उनले टेलिफोन संवादमार्फत आसन्न निर्वाचनको सन्दर्भमा सर्वसाधारणसँग सुझाव लिएका हुन् ।

ओलीले करिब ४ घण्टा बसेर कुराकानी गरेको उनको सचिवालयले जनाएको छ । टेलिफोन नम्बर र नामहरू तयार पारेर छनौट गर्दै ओलीले टेलिफोन संवाद गरेका थिए ।