१६ आश्विन २०८३, शुक्रबार Friday, October 2, 2026
१६ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो News Polar देशभर २१ विपद्का घटना, आठ जना घाइते News Polar ‘तीन तहबीचको सहकार्य र समन्वयबाट सङ्घीयता सफल हुन्छ’ News Polar पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित News Polar हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित News Polar तनहुँ-१ को विकास प्राथमिकताबारे अर्थमन्त्री वाग्लेसँग छलफल News Polar चीनको राष्ट्रिय दिवस : फूलका कलामा विकास, प्रविधि र समृद्धिको चित्रण-फोटो फिचर News Polar नागरिक उड्डयन प्राधिकरण टुक्राउने दुई विधेयक संसद्मा दर्ता News Polar नयाँ भवन ऐन दर्ता, हरेक नागरिकलाई आवासको सुनिश्चितता News Polar खुटिया नदीमा डुबेर १७ वर्षीय किशोर बेपत्ता News Polar वेत्रावतीमा बेलिब्रिज जडान सुरु, रसुवासँगको सडक सञ्जाल जोडिँदै News Polar लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन News Polar श्रवण मुकारुङको ‘आवाज नआइपुग्ने मेघको उज्यालो’ बजारमा News Polar प्रेमिल गीत ‘साँची राखी माया मेरो’ सार्वजनिक News Polar कर्णाली याक्सलाई प्राइम कन्सल्टेन्सीको साथ News Polar ट्रम्पको ऊर्जा नीतिबाट सन् २०४० सम्म परिवारको खर्च बढ्ने अनुमान : अध्ययन News Polar जापानमा बेरोजगारी दर बढेर २.५ प्रतिशत पुग्यो News Polar सभामुख अर्याल तान्जानियामा हुने अन्तरव्यवस्थापिका सङ्घको महासभामा सहभागी हुँदै News Polar मंसिर ७ देखि काठमाडौँमा ‘काठमाडौँ क्लाइमेट एक्सन विक’ : सहमति पत्रमा हस्ताक्षर News Polar कालीगण्डकी बाढीको असरः राहुघाटको परीक्षण उत्पादन रोकियो

एपिएफलाई फुटबलको स्वर्ण

एपिएफलाई फुटबलको स्वर्ण
अ अ+ अ-

काठमाडौं । डिफेन्डिङ च्याम्पियन त्रिभुवन आर्मी क्लवलाई सडेन डेथमा स्तब्ध बनाउँदै एपिएफ क्लवले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष फुटबलमा बिहीवार स्वर्ण पदक जितेको छ ।

पोखरा रंगशालामा भएको फाइनल प्रतिष्पर्धामा एपिएफले सडेन डेथमा आर्मीलाई हराउँदै स्वर्ण पदक जितेको थियो । एपिएफले पेनाल्टी सुटआउटमा ६–५ अन्तरले पराजित गरेको हो । यसअघि निर्धारित ९० मिनेट र अतिरिक्त ३० मिनेटको खेलमा दुवै टोलीले गोलरहित बराबरी खेलेका थिए । दुवै टोलीमा एक एक खेलाडीले रातो कार्ड पाउँदै मैदान बाहिरिएका थिए ।

त्यसपछि १० खेलाडीमा सिमित भएका दुवै टोलीबाट प्रतिष्पर्धात्मक खेल भएको थियो । खेल अवधिभर एपिएफले आर्मीमाथि दबाब दिएर खेल्दै सुनौला अवसर बुनेपनि सदुपयोग गर्न चुकेको थियो । आर्मीले पनि केही राम्रा अवसर खेर फाल्न पुगेको थियो । यस पराजयसँगै आर्मीले पुरुष फुटबलमा रजत पदकमा चित्त बुझाएको छ ।

उता कास्य पदकका लागि भएको प्रतिष्पर्धामा सुदूरपश्चिम प्रदेशलाई १–० गोल अन्तरले हराउँदै गण्डकी तेस्रो भयो । गण्डकीको जितमा कमल थापाले फ्रिकिकमार्फत गरेको गोल निर्णायक भएको थियो ।

यस्तै महिला फुटबलमा भने विभागीय टोली एपिएफ क्लवले स्वर्ण जितेको छ । स्याङ्जाको वालिङमा बिहीवार भएको फाइनल प्रतिष्पर्धामा एपिएफले नेपाल पुलिस क्लवलाई २–१ गोल अन्तरले स्तब्ध बनाउँदै स्वर्ण पदक जितेको हो । निकै रोमाञ्चक बनेको खेलमा एपिएफले स्वर्ण पदकमा बाजी मार्दा दुवै गोल सावित्रा भण्डारीले गरेकी हुन् भने पुलिसका लागि निरु थापाले एक गोल फर्काएकी थिइन् । दुई गोल गरेकी सावित्राले सबै खेलमा गोल गरेकी छिन् । उनले प्रतितयोगिता भर १४ गोल गर्न सफल भइन् ।

यस्तै महिला फुटबलमा त्रिभुवन आर्मी क्लवले कास्य पदक जितेको छ । तेस्रो स्थानको प्रतिष्पर्धामा आर्मीले प्रदेश १ लाई ७–० ले पराजित गर्दै कास्य पदक जितेको हो । आर्मीको जितमा स्ट्राइकर अमिशा कार्कीले ह्याट्रिक गरिन् । यसबाहेक कप्तान हिमा चौधरी, चन्द्रा भण्डारी र कुसुम खतिवडाले एकएक गोल गरे । खेलको तेस्रो मिनेटमै हिमाले गोल गर्दै आर्मीलाई अग्रता दिलाएकी थिइन् । अमिशाले खेलको ५, ३५ र १औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेकी थिइन् ।