१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar न्यूयोर्कमा नेपाली डायस्पोरासँग परराष्ट्रमन्त्री खनालको अन्तरक्रिया News Polar नेपाल र सेनेगलबीच कूटनीतिक सम्बन्ध स्थापना News Polar सुडानको गर्मी छल्न आधुनिक कङ्क्रिट होइन, परम्परागत माटोको घर नै उत्तम विकल्प News Polar विश्वव्यापी हवाई सञ्जालमा एशिया–प्रशान्त क्षेत्रको वर्चश्वः क्वालालम्पुर एशियाकै पहिलो र विश्वको चौथो स्थानमा News Polar द्विपक्षीय सम्बन्ध सुदृढ बनाउन र क्षेत्रीय शान्ति प्रवद्र्धन गर्न पाकिस्तान र इरान सहमत News Polar यसपटक नदीले हामीलाई नै झुक्यायो: तेन्जिन लामा News Polar संयुक्त राष्ट्रसंघका महासचिवद्वारा प्यालेस्टिनी शरणार्थी सहायता निकाय जोगाउन अन्तर्राष्ट्रिय समुदायलाई अपिल News Polar देशभर अधिकांश निर्वाचन क्षेत्रमा आज काङ्ग्रेसको क्षेत्रीय अधिवेशन हुँदै News Polar नेपालको ‘भिक्टिम कार्ड’ मात्र होइन प्रधानमन्त्रीको सम्बोधन News Polar म्याग्दीका सबै स्थानीय तहमा कांग्रेसको नयाँ नेतृत्व चयन News Polar अविरल वर्षाले सङ्खुवासभाको जनजीवन प्रभावित News Polar भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द News Polar साल्ट ट्रेडिङ कर्पाेरेशनको सुपथ मूल्य पसल : उपभोक्ताको आकर्षण News Polar झापामा ‘ड्रोन’बाट बाढीको जोखिम निगरानी News Polar लगातारको वर्षाले धानबालीमा समस्या आउने जोखिम : प्राविधिक News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar कांग्रेस १५औँ महाधिवेशनः केन्द्रीय निर्देशन समितिसहित विभिन्न समिति गठन News Polar जलवायु संकटमा हिमालदेखि समुद्रसम्म सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीको महाविपद एक महिना : खोज, उद्धार तथा राहत वितरण जारी, पुनर्निर्माणमा चुनौती News Polar युद्ध र जलवायु

शुक्रवारदेखि प्लाष्टिकजन्य फूलको बिक्री वितरण रोक्न अनुगमन हुने(भिडीयोसहित)

शुक्रवारदेखि प्लाष्टिकजन्य फूलको बिक्री वितरण रोक्न अनुगमन हुने(भिडीयोसहित)
अ अ+ अ-

काठमाडौँ । वातावरण विभागले शुक्रवारदेखि प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री वितरण रोक्न माईकिङ तथा अनुगमन गर्ने भएको छ ।

तिहार र छठको मुखमा सरकारले सूचना जारी गर्दै प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको हो । बिहीवार वातावारण विभागका महानिर्देशक नारायण घिमिरेले प्लाष्टिकजन्य फूलगुच्छाको आयात, बिक्री वितरणमा रोक लगाएको सरकारले शुक्रवारदेखि नै बजारमा प्लाष्टिकजन्य फूल बेच्न र प्रयोग नगर्न माइकिङ गर्ने बताउनु भयो ।

उहाँले सरकारले गत साउनमा राजपत्रमा प्रकाशन गरेर प्लाष्टिकजन्य फूलगुच्छाको उत्पादन,आयात बिक्री,वितरण वा भण्डारणमा रोक लगाएको भन्दै बिहीवारको सूचनामार्फत सचेत गराएको बताउनु भयो । उहाँले तिहार र छठ नजिकिएसँगै बजारमा प्लाष्टिकजन्य फूलमालाहरु बिक्री बढ्ने भएकाले बिक्रिवितरणमा रोक लगाउने सरकारको उद्देश्य रहेको बताउनु भयो ।

घिमिरेले गत साउनदेखि नै प्लाष्टिकजन्य फूलमालाहरुको आयात प्रतिवन्ध रहेको बताउनु भयो । उहाँले तिहार र छठजस्ता पर्वहरुमा प्लाष्टिकजन्य फूलमाला प्रयोग नगर्न आग्रह गर्दागर्दै पनि बजारमा बिक्रीवितरण गरेको अनुगमनमा भेटिएमा तत्काल १ लाख रुपैयाँसम्म जरिवाना गरिने बताउनु भयो । उहाँले अनुगमनका क्रममा सरकारको निर्णय विपरित कुनै कार्य गरेको पाइएमा वातावरण संरक्षण ऐनको दफा २२ को उपदफा (४)को खण्ड (क) वा (ख) बमोजिम १५ हजार देखि २० हजार रुपैयाँसम्म जरिवाना हुने र सोही ऐनको दफा ४१ को उपदफा ९२० बमोजिम विभागका महानिर्देशकबाट १ लाख रुपैयाँसम्म जरिवाना हुने सुचनामा उल्लेख अनुसार नै कारबाही गरिने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘ प्लाष्टिकका फूलहरु बिक्रीवितरण नगर्नु भनेर वातावरण विभागले आज सूचना दिएको हो । तर यो गत साउन १२ गते राजपत्रमा प्रकाशित सूचनाको जानकारी हो । सरकारको उदेश्य तिहार लगायतका चाडपर्वहरुमा प्लाष्टिक जन्य फूल तथा झल्लरहरुको बिक्रीवितरण रोक्नको लागि सूचना जारी गरिएको हो । यस्ता फूलको आयात गत साउनमा नै आयातमा रोक लगाइसकेको हो । भन्सारमा प्लाष्टिकबाट बनेका फूल,झल्लरहरु लयातका वस्तुहरु आयात गर्न पाइँदैन ।’

‘तर अहिले विगतमा आयात गरेर स्टोरमा रहेका फूलहरु तिहारमा बजारमा बिक्रीवितरणमा वा प्रयोग नगर्न सचेतनाको लागि सूचना जारी गरिएको हो । बजारमा प्लाष्टिक जन्य फूलहरु प्रयोग नगर्न भोलिदेखि नै माइकिङ गर्छौं । शुक्रवार र शनिवार दिनभर माइकिङ गर्छौंं । माइकिङ गर्दै बजार अनुगमनमा जान्छौं । यस्ता फूलहरुको प्रयोग नगर्दा जानकारी गराएपछि पनि अनुगमन गर्दा यस्ता सामान बजारमा भेटियो भने कारबाही गर्ने चरणमा जान्छौं । आज पत्रिकामा सूचना प्रकाशित ग¥यौं । भोली माइकिङ गर्छौंं ।’

‘शनिवारबाट अनुगमनमा जान्छौं र बजारमा बिक्रीवितरण भएको भेटिएमा कारबाही गर्छौं । ऐनले नै सरकारले राजपत्रमा प्रकाशित गरेर निषेध गरेका कुनै पनि वस्तुहरुको प्रयोग वा प्रतिबन्ध अवज्ञा गरेमा विभागको महानिर्देशकबाट १ लाखसम्म जरीवाना गर्नसक्ने र अनुगमन गर्दा वातावरण निरीक्षकले तत्काल २० हजारसम्म जरिवाना गर्न पाउने व्यवस्था छ । त्यही अनुसार नै कारबाही हुन्छ ।’

उहाँले प्लाष्टिकजन्य फूलमालाहरु बिक्रीवितरण गर्ने र प्रयोग गर्नेहरुको लागि बिहीवार सूचना निकालेर सचेत गराएको भन्दै शुक्रवार माइकिङ गर्ने र अर्को दिनबाट अनुगमन गर्ने तयारी विभागको रहेको बताउनु भयो । उहाँले सरकारले प्लाष्टिकजन्य फूलमालाहरु आयात गर्ने नै प्रतिवन्ध गरेकाले त्यस्ता वस्तु बजारमा देखिएमा साना व्यापारी भन्दा पनि सामान ल्याउने स्रोत पहिचान गर्न अनुगमन टोली खटाइने पनि बताउनु भयो ।