२० मंसिर २०८२, शनिबार
,
Latest
‘कामरेड जलजला उपन्यासको विवेचना’ पुस्तक विमोचन ललितपुर महानगरको प्रशासनिक भवन उद्घाटन यात्रुबाहक बस दुर्घटना हुँदा २४ जना घाइते जेनजीले पुराना पार्टीलाई आत्मसमीक्षा गर्ने अवसर दिएका छन्ः प्रचण्ड नेपाललाई ‘ल्याण्ड अफ केबलकार’ बनाउन सकिन्छ  अनुपम प्रकृति र संस्कृतिको संरक्षण र प्रवद्र्धन गरिनुपर्छः सञ्चारमन्त्री खरेल कमला पुल निर्माणका लागि चन्दा सङ्कलन अभियान सुरु नास्टद्वारा १३ विधामा २० जना वैज्ञानिक, प्राविधिज्ञ एवं संस्थाहरु पुरस्कृत महिला भलिबलः एपिएफ फाइनल प्रदेश प्रधानमन्त्री कार्कीद्वारा बर्दिया घटनाबारे अध्ययन गर्न गृहमन्त्रीलाई निर्देशन
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख २० हजार बराबरको अवैध पटाका नियन्त्रणमा लिई नष्ट



फाईल फोटो
अ+ अ-

बाँके । अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

आज जिल्ला प्रहरी कार्यालयले तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएको अन्दाजी मूल्य रु एक लाख २० हजार बराबरका १० बोरा विभिन्न प्रकारका पटाका उनकै कोठाबाट बरामद गरेको थियो ।

इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल दत्त, वडा नं ४ का वडाध्यक्ष विदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्रमुख र त्यहाँस्थितको पत्रकारको रोहवरमा अवैध पटाका नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।