१३ भाद्र २०८३, शनिबार
,
Latest
बैधानिक कार्यसमितिले गराउने अधिवेशन तथा महाधिवेशनको तयारीमा जुट्न शशांकको अपील नौ जलविद्युत् आयोजनाबाट ५३७ जना सम्पर्कविहीन गोरखामा भेटिएका २९ शवको अन्त्येष्टि गरियो रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष,… आइएमई ग्रुपद्वारा भोटेकोशी बाढी प्रभावितको सहयोगार्थ प्रधानमन्त्री राहत कोषमा १० करोड सहयोग प्रदान हरिखेतान कलेजद्वारा बाढी प्रभावित नागरिकलाई पाँच लाख सहयोग सुरुङमा फसेकाको उद्धारमा चिनियाँ विज्ञ टोली परिचालन निगमले हवाई उद्धारका लागि ४० हजार ८४० लिटर हवाई इन्धन पठायो टप एन्ड टी–२० सिरिजः भिक्टोरियासँग नेपाल पराजित नवलपुरका दुई पालिकाले उद्धार कोषमा २३ लाख प्रदान गर्ने
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक लाख २० हजार बराबरको अवैध पटाका नियन्त्रणमा लिई नष्ट



फाईल फोटो
अ+ अ-

बाँके । अवैध पटाका प्रहरीद्वारा नियन्त्रणमा लिई नष्ट गरिएको छ ।

आज जिल्ला प्रहरी कार्यालयले तिहारका लागि ल्याइएको पटाका राजापुर बर्दियाबाट खटिएको प्रहरी टोलीले बर्दियाको राजापुर नगरपालिका विशालबजारस्थित कोठा भाडामा लिएर बस्ने मेराजुद्दीन अन्सारीले भारतबाट लुकाइछिपाइ ल्याएको अन्दाजी मूल्य रु एक लाख २० हजार बराबरका १० बोरा विभिन्न प्रकारका पटाका उनकै कोठाबाट बरामद गरेको थियो ।

इलाका प्रशासन कार्यालयका प्रमुख सुनिल दत्त, वडा नं ४ का वडाध्यक्ष विदुर पोख्रेल, राजापुर भन्सार कार्यालयका प्रमुख र त्यहाँस्थितको पत्रकारको रोहवरमा अवैध पटाका नियन्त्रणमा लिई नष्ट गरिएको जिल्ला प्रहरी बर्दियाका प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर शाहीले जानकारी दिनुभयो ।