• १२ असार २०८१, बुधबार
  •      Wed Jun 26 2024
  •   Unicode
Logo
Latest
★   भेडीगोठले बुकीमा चहलपहल, बेंसी सुनसान ★   एसिया कप खेल्ने नेपाली टोलिको घोषणा ★   मनीताले पेरिस ओलम्पिक खेल्ने ★   इच्छाकामना गाउँपालिकाद्वारा तीनवटा कृषि एम्बुलेन्स सञ्चालन ★   अन्य थप ऐन संशोधनलाई प्राथमिकता दिन काँग्रेसलाई निजी क्षेत्रको सुझाव ★   नारायणगढ–मुग्लिन सडकमा पहिरो पन्छाउन उपकरण ★   कला, संस्कृतिसहितको पहिचान नै भावी पुस्ताको महत्वपूर्ण सम्पत्ति होः राष्ट्रपति पौडेल ★   स्वस्तिमा–साम्राज्ञीको अभिव्यक्ति गैर जिम्मेवारपूर्णः चलचित्र कलाकार संघ ★   नेपाल आँखा अस्पतालमा स्वास्थ्य बीमा सेवा लागू हुने ★   एकीकृत समाजवादीको अध्यक्षमा झलनाथ खनालले घनश्यामलाई सहयोग गर्ने

काठमाडौँको सम्पदा र सस्कृति संरक्षण र जगेर्ना पहिलो प्राथामिकता: शिवसुन्दर राजवैद्य



काठमाडौँ । काठमाडौँ क्षेत्र नम्बर ८ मा नेकपा (एमाले) का प्रतिनिधिसभाका उम्मेदवार शिवसुन्दर राज वैद्यले जनताको सेवालाई केन्द्रमा राखेर मतदाताको घरमा भोट मागिरहेको बताउनुभएको छ ।

यसअघि जिसस काठमाडौँको प्रमुख रहिसक्नुभएका राजवैद्यलाई एमालेले काठमाडौँ ८ बाट उम्मेदवार बनाएपछि उहाँ अहिले चुनावी मैदानमा व्यस्त हुनुहुन्छ । काठमाडौँ महानगरको राजनीतिक वृतमा सरल र साधारण स्वभाव भएको सक्रिय राजनीतिक कार्यकर्ताओ रुपमा परिचित उहाँलाई जिसस प्रमुख हुँदा निर्वाह गरेको भूमिका कारण पार्टीले अहिले प्रतिनिधिसभाको उम्मेदवार बनाएको बताउनुहुन्छ ।

आफू जिसस प्रमुख हुँदा काठमाडौँ जिल्लालाई पूर्ण खोप घोषणा, दिसापिसाब मुक्त जिल्ला र पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा गर्न भूमिका खेलेको उल्लेख गर्दै विगतका कामका आधारमा पनि आफूले यसपटकको निर्वाचनमा विजयी बन्ने विश्वास व्यक्त गर्नुभयो ।

यसपटकको निर्वाचनमा स्वतन्त्र उम्मेदवारको बाढी नै आएको भन्दै उहाँले स्वतन्त्र उम्मेदवारले प्रतिनिधिसभा प्रदेशसभामा जितेमा झन् विकृति आउने बताउनुभयो । सरकार बनाउने र गिराउने खेलमा स्वतन्त्र उम्मेदवार प्रयोग हुन सक्ने भन्दै यसमा आम मतदाता सचेत भई राजनीतिक दलका उम्मेदवारलाई जिताउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

दलहरुमा व्यक्ति खराब भए पनि समयक्रममा खराब मान्छे बाहिरिने र सही मान्छेले दलको नेतृत्व गर्ने उहाँको भनाइ छ ।

राजनीतिमा आफ्नो विचार र सिद्धान्त मिल्नेसँग गठबन्धन हुनुपर्ने भन्दै उहाँले वर्तमान सत्ता गठबन्धनमा त्यस्तो केही नदेखिएकाले चुनावी माहोल गठबन्धनको पक्षमा नरहेको उहाँले जिकिर गर्नुभयो ।

आफ्नो निर्वाचन क्षेत्रमा राजधानी भएपनि सुकुम्बासी, खानेपानी तथा सडकको समस्या प्रमुख रहेको भन्दै उहाँले निर्वाचित भएको खण्डमा जनतालाई सर्वोपरी राखी यी विषयको समाधानमा काम गर्ने उहाँको भनाइ थियो ।

उहाँले धार्मिक तथा पुरातात्विक सम्पदाको संरक्षण, कला, स्थानीय जात्रा, गुठी व्यवस्थापन जस्ता विषयलाई आफूले प्राथमिकतामा राखेको पनि बताउनुभयो ।